Logo

एनसेलको सुपरनेट इन्टरनेट शुल्कमा ५० छुट, जति बढी प्रयोग गर्यो उति सस्तो

एनसेलको सुपरनेट इन्टरनेट शुल्कमा ५० छुट, जति बढी प्रयोग गर्यो उति सस्तो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२३ मंसिर, काठमाडौं । एनसेलले प्याक खरिद नगरी इन्टरनेट प्रयोग गर्ने ग्राहकको सुविधाको लागि सुपरनेट नामक योजना ल्याएको छ । उसले त्यस्ता ग्राहकलाई लक्षित गरी ५० प्रतिशत छुटमा सुपर इन्टरनेट सुविधा दिने भएको छ । जस अन्तरगत पहिलो एम.बी. बाटै ५०% छुट दरमा र थप इन्टरनेट  प्रयोग गर्दै जाँदा रु १ प्रति एम.बी.सम्मको दरमा इन्टरनेट प्रयोग गर्न सकिनेछ ।

सरलिकृत सुपरनेट सेवा यहि मंसिर २३ गतेबाट शुरु भई ३ महिनासम्म लागु हुनेछ । यसमा इन्टरनेट भोलुमलाई जम्मा ३ वटा ब्लकमा विभाजन गरिएको छ । ग्राहकले जति इन्टरनेट  प्रयोग गर्दै जानेछन् त्यहि अनुरुप स्वतः खुड्किला चढ्दै जानेछ भने प्रत्येक खुड्किलामा इन्टरनेटको मूल्य पहिलेको भन्दा कम हुँदै जाने कम्पनीले बताएको छ ।

हाल प्याक विना इन्टरनेट चलाउँदा प्रत्येक एम.बी. इन्टरनेटको शुल्क ६ रुपैयाँ लाग्ने गरेकोमा सुपरनेटमा ग्राहकले ० देखि २० एम.बी.सम्म प्रति एमबी रु ३ का दरमा इन्टरनेट चलाउन सकिनेछ । थप इन्टरनेट प्रयोग गर्दा २० एम.बी. देखि १ सय एम.बी. रु २ प्रति एम.बी. र १ सय एम.बी. भन्दा माथि मात्र रु १ मा इन्टरनेटप्रयोग गर्न सक्नेछन् ।

एनसेलका प्रिपेड ग्राहकले सुपरनेटमा सहभागी भई मूल्यमा लाभ लिन सक्नेछन् । ग्राहकले १७१०३ डायल गरि सुपरनेटमा निःशुल्क सहभागी हुन सकिन्छ  । इन्टरनेट प्रयोगको गणना गर्दा सुपरनेटमा सहभागी भएको दिनदेखि ३० दिनसम्म प्रयोग गरेकोे भोलुमलाई लिइनेछ । ३० दिन पश्चात नयाँ गणना शुरु हुनेछ ।

साथै, सुपरनेटको छुट र सुलभ दरले प्याक विनै डेटा चलाउन रुचाउने ग्राहकलाई विशेष लाभ प्रदान गर्ने एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले बताईन् । प्याक लिने ग्राहकले ३० पैसा प्रति एम.बी (कर वाहेक) सम्म इन्टरनेट चलाउन सक्ने व्यवस्था समेत यथावत रहेको उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL