Logo

नेपाल टेलिकम र सदर चिडियाखानाबीच सम्झौता, चिडियाखानाको बाघलाई एक बर्षसम्म आहारा उपलब्ध गराउने

नेपाल टेलिकम र सदर चिडियाखानाबीच सम्झौता, चिडियाखानाको बाघलाई एक बर्षसम्म आहारा उपलब्ध गराउने



काठमाडौं । नेपाल टेलिकम र सदर चिडियाखाना, जावलाखेलबीच सम्झौता भएको छ । टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सदर चिडियाखाना, जावलाखेलमा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ वर्ष सम्म आहाराको प्रायोजन गर्ने सम्बन्धमा उक्त सम्झौता गरेको हो ।

laxmi

यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरे । सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले धेरै पर्यटकहरुको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास बताए ।

सम्झौता अनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ वर्ष सम्म आहाराको व्यवस्थाका लागि रकम उपलब्ध गराउने छ ।

नेपाल टेलिकमले समय समयमा विभिन्न वर्ग तथा क्षेत्रलाई लक्षित गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL