Logo

कलर्सले ल्यायो आकर्षक बारफोन, मूल्य १५ सय ५० रुपैयाँ

कलर्सले ल्यायो आकर्षक बारफोन, मूल्य १५ सय ५० रुपैयाँ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१८ मंसिर, काठमाडौं । कलर्स मोबाइलको आकर्षक बार फोन नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि कलर्स मोबाइलको आधिकारिक विक्रेता टेलिटक प्रालिले ‘एफ ००७’ मोडलको बार फोन ल्याएको हो । १ हजार ५ सय ५० रुपैयाँ बजार मूल्य तोकिएको उक्त बार फोन बलियो, आकर्षक र टिकाउ रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बजारमा उपलब्ध अन्य बारफोनको तुलनामा पातलो र आकर्षक भनिएको यो मोबाइलमा १ दशमलव ८ ईन्चको एलसिडि स्क्रिन र १००० एमएएच क्षमताको ब्याट्रि रहेको छ ।
इण्टरनेट समेत चलाउन सकिने यस मोबाइलमा ‘टुजि क्वाड ब्याण्ड कनेक्सन’ जडान गरिएको छ । यसका साथै मोबाइलमा फोनमा डिजिटल क्यामेरा, टर्च लाईट, एफएम, एमपीथ्री, ३२ एमवि रोम र ३२ एमवि ¥याम रहेको छ । त्यस्तै, यसमा ३२ जिवी सम्मको मेमोरी कार्ड समेत प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL