Logo

टेलिकमको विन्टर अफर, इन्टरनेट चलाउँदा डाटा प्याक सकिए थप शुल्क नलाग्ने

टेलिकमको विन्टर अफर, इन्टरनेट चलाउँदा डाटा प्याक सकिए थप शुल्क नलाग्ने



काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका विन्टर अफर २०७८ उपलब्ध गराएको छ । कम्पनीले सोमबारदेखि लागूहुने गरी हाल उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो ।

laxmi

अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ । पहिले २८ दिनका लागि ५९९ रुपैयाँमा “सजिलो अनलिमिटेड प्रिपेड ५९९” मात्र उपलब्ध गराउँदै आएकोमा अब “सजिलो अनलिमिटेड प्रिपेड ७९९”, “सजिलो अनलिमिटेड प्रिपेड ९९९” र “सजिलो अनलिमिटेड प्रिपेड १४९९” प्याक समेत उपलब्ध हुने भएको छ । यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको छ । यस अन्तरगत डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने छ ।

सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने भएको छ । यस अन्तर्गत २९९ रुपैयाँमा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ । यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने छ ।

पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन् । साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने छ । यस बाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको

प्रतिक्रिया दिनुहोस्
MBL