Logo

एप्पलको मार्केट क्याप ३ ट्रिलियन डलर नाघ्यो, बन्यो जर्मनीपछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र

एप्पलको मार्केट क्याप ३ ट्रिलियन डलर नाघ्यो, बन्यो जर्मनीपछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र



काठमाडौं । आईफोन (आईफोन) बनाउने अमेरिकी प्रविधि कम्पनी एप्पलको बजार पुँजी ३० खर्ब डलर नाघेको छ । एप्पल यो उपलब्धि हासिल गर्ने विश्वको पहिलो कम्पनी बनेको हो । कोरोना अवधिमा कम्पनीको शेयर तीन गुणाले बढेको छ । यो बजार क्यापसंगै यो जर्मनी पछि संसारको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको छ । यसको मार्केट क्यापले पहिले नै भारतको जीडिपी नाघेको थियो ।

laxmi

वर्षको पहिलो व्यापारिक दिनमा, एप्पलको सेयर कारोबारकोे समयमा १८२.८८ डलरको रेकर्ड स्तरमा पुगेको थियो । गत वर्षको अन्तिम व्यापारिक दिन यो १७७.५७ डलरमा बन्द भएको थियो । कोरोना अवधिमा कम्पनीको शेयरमूल्य तीन गुणाले बढेको छ । मार्च २०२० मा, यसको मूल्य ५१.७८ डलर थियो तर जुलाई २०२० मा यो तीन अंकमा पुग्यो ।

विश्वको पहिलो कम्पनी

एप्पल विश्वको ३ ट्रिलियन डलरको बजार पुँजी पुगेको पहिलो कम्पनी बनेको हो । कम्पनीले करिब एक वर्ष पहिले २ ट्रिलियन डलरको बजार पुँजी हासिल गरेको थियो । स्टक गत वर्ष ३० प्रतिशतभन्दा बढी बढेको छ, जबकि एसएण्डपी ५०० मा २५ प्रतिशत बढेको छ । यसअघि २०२० मा कम्पनीको स्टक ८० प्रतिशतले बढेको थियो । लगानीकर्ताहरूले यसमा ठूलो लगानी गरिरहेका छन् र यसलाई कोरोना अवधिमा सुरक्षित शर्तका लगानीका रूपमा हेरिरहेका छन् ।

अमेरिकाको अहिले जीडीपी आकार २०.४९ ट्रिलियन डलर छ । यो सूचीमा दोस्रो नम्बरमा चीन (१३.४ ट्रिलियन डलर), तेस्रो नम्बरमा जापान (४.९७ ट्रिलियन डलर) र चौथो नम्बरमा जर्मनी (४.०० ट्रिलियन डलर) रहेको छ । बेलायत २.८३ ट्रिलियन डलरका साथ पाँचौं, फ्रान्स २.७८ ट्रिलियन डलरका साथ छैटौं र भारत २.७२ ट्रिलियन डलरसहित सातौं स्थानमा छ । यस हिसाबले एप्पल यो बजार पुँजीको आधारमा विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो ।

किन बढिरहेछ एप्लको सेयर

एप्पल आर्थिक कारणको प्रभावभन्दा माथि उठेको विज्ञहरू बताउँछन् । किनभने यो एक साँच्चै बलियो ब्रान्ड हो । कम्पनीले भविष्यमा ल्याउन लागेको नयाँ उत्पादनहरु पनि निकै बलियो छन् । एप्पलले २०१८ मा १ ट्रिलियन डलरको बजार पुँजी हासिल ग¥यो र दुई वर्षमा यसको मूल्य दोब्बर बनायो ।

स्टकसम्बन्धी अधिकांश विश्लेषकहरूले यसलाई खरीद मूल्याङ्कन दिएका छन् । गत वर्ष, एप्पलले केहि दिनको लागि संसारको सबैभन्दा मूल्यवान कम्पनीको ताज गुमाएको थियो र माइक्रोसफ्टले यसलाई हासिल गरेको थियो । यसको कारणमा कम्पनीका सीईओ टिम कुकले कम्पनीलाई स्मार्टफोन र ल्यापटप बनाउन सेमीकन्डक्टर र कम्पोनेन्ट पाउन समस्या भइरहेको बताएका थिए । –अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL