Logo

टेलिकमले संचालनमा ल्यायो सामाजिक संजाल मिट, दैनिक १० एसएमएस फ्री

टेलिकमले संचालनमा ल्यायो सामाजिक संजाल मिट, दैनिक १० एसएमएस फ्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले सामाजिक संजाल ‘मिट’ संचालनमा ल्याएको छ । आज आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चार मन्त्री शेरधन राईले उक्त सेवाको शुभारम्भ गरे ।

देशका सबै स्थानमा गुणस्तरीय सेवा दिँदै आएको टेलिकमले नयाँ प्रविधि भित्र्याउने कार्य अनुरुप ग्राहकलाई नयाँ सेवा दिन मिट संचालनमा ल्याएको जानकारी दिए ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सरकारको नीति र निर्देशन बमोजिम कम्पनीले विभिन्न खालका काम गरिरहेको जानकारी दिँदै नयाँ योजना अनुरुप सामाजिक संजाल मिट संचालनमा ल्याएको बताए । ‘विभिन्न चुनौतिको बाबजुद पनि सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले काम गरिहेको छ,’ उनले भने, ‘यस प्रकारको नयाँ सेवा उपलब्ध गराउन पाएकोमा कम्पनी गौरवान्वित भएको छ ।’

टेलिकमले संचालनमा ल्याएको मिटको सहायताबाट टेक्स्ट, फोटो, अडियो तथा भिडियोलाई एक अर्कामा सेयर गर्न सकिनेछ । त्यसैगरी कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तरक्रिया समेत गर्न सकिनेछ । यसले एनटीसीका सेवाग्राही र कम्पनीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको छ ।

टेलिकमले आफ्ना विभिन्न किसिमका सेवाहरुलाई एउटै सिस्टममा आबद्ध गराउने उद्देश्य अनुरुप यो सेवा संचालनमा ल्याएको जानकारी दिएको छ । यसलाई एनटीसीमा आफ्नो विवरण रजिष्टर गरी सेवा चलाउन सकिने छ । उक्त सेवा मार्फत ग्राहकलाई प्रति दिन १० वटा एसएमएस निःशुल्क दिने भएको छ । त्यसैगरी प्याकेजका रुपमा निश्चित शुल्क तिरेर एकै पटक धेरै संख्यामा एसएमएस पठाउन समेत सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL