Logo

सामसुङले ल्यायो सर्कल र एस गियर, बजार मुल्य ११ हजार देखि ४१ हजारसम्म

सामसुङले ल्यायो सर्कल र एस गियर, बजार मुल्य ११ हजार देखि ४१ हजारसम्म


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१५ मंसिर, काठमाडौं । सामसुङ मोवाइले नेपाली बजारमा दुई नयाँ गियर ल्याएको छ । नेपालमा लागि सामसुङ मोबाइलको आधिकारीक विक्रेता आईएमएसले गियर एस र गियर सर्कल गरी दुई गियर बजारमा ल्याएको हो ।

गियर सर्कलमा रहेको म्याग्नेटिक सेन्सरको मद्दतले फोन रिसिभ गर्न मिल्नुका साथै गीत बजाउन र रोक्न सकिने छ । गियर सर्कललाई घाँटीमा लगाउन समेत मिल्ने छ । यसमा रहेको टच सेन्सको मद्दतले ध्वनी कन्ट्रोल गर्न समेत मिल्नेछ । गियर सर्कलमा ब्लुटुथ, सिङगल एमइएमएस माइक र हाब्रिड कनाल इयरफोन रहेको छ । यसको बजार मुल्य ११ हजार ५ सय रुपैयाँ रहेको छ ।

यसैगरी गियर एसभने हातमा बाध्न मिल्नुका साथै परिवर्तन गर्न मिल्ने स्ट्रेप समेत रहेको छ । यसमा २ इन्चको कभर्ड सुपर एमोलेड स्क्रिन रहेको छ । १ गिगाहर्जको डुअल कोर प्रोसेसर रहेको गियर एसमा डुवल सिम र थ्री जी नेटवर्क सपोर्ट गर्नुका साथै ब्लुटुथ र वाइफाइ पनि रहोको छ । उक्त एसमा ५ सय १२ एमबी यार्म र ४ जिबि मेमोरी रहेको छ । यसको बजार मुल्य ४१ हजार ९ सय पर्ने कम्पनीद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL