Logo

नेशनल पेमेन्ट स्विचका लागि एनसीएचएलले पायो स्वीकृती, अब रिटेल पेमेन्ट स्विच संचालनमा आउने

नेशनल पेमेन्ट स्विचका लागि एनसीएचएलले पायो स्वीकृती, अब रिटेल पेमेन्ट स्विच संचालनमा आउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको लागी नेपाल क्लियरिङ हाउस लि. (एनसीएचएल) लाई अन्तिम स्वीकृती प्रदान गरेको छ ।

laxmi

नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिए पश्चात उक्त स्विकृती प्रदान गरिएको हो । हाल उक्त स्वीचमा आबद्ध हुन बैंक÷वित्तिय संस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरु लगायतसँग समन्वय गरी छिट्टै उक्त प्रणाली सञ्चालनमा ल्याईने नेपाल क्लियरिङ हाउसले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL