Logo

जियोनीको एम थ्री एक्स्ट्रा स्ट्रोङ नेपाली बजारमा, एकपटक चार्ज गरेपछि ३४ घण्टा कुरा गर्न सकिने

जियोनीको एम थ्री एक्स्ट्रा स्ट्रोङ नेपाली बजारमा, एकपटक चार्ज गरेपछि ३४ घण्टा कुरा गर्न सकिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१४ मंसिर, काठमाडौं । जियोनीले एम सेरिजको मोबाइल फोन नेपाली बजारमा ल्याएको छ । आफ्नै डिजाइन, उत्पादन र अनुसन्धान तथा विकासद्वारा निर्माण गरिएको उक्त फोन जियोनीले नेपाली बजारमा ल्याएको हो ।

एम थ्री को उत्पादनसँगै जियोनी मोबाइल जगतमै एक कदम अगाडि बढ्न सफल भएको कम्पनीको दावी छ । उक्त फोनमा ५ हजार एमएएच ब्याट्री प्रयोग गरिएको छ । जसल ३३ दशमलव ७ घण्टासम्मको टकटाइम र ३२ दशमलव ८ दिनको स्ट्याण्डबाइ टाइम दिने छ । उक्त मोवाइललाई झण्डै ३३ दिनसम्म चार्ज नगरिकनै प्रयोग गर्न सकिने कम्पनीको दावी छ ।

geyoni m 3

मोवाइलमा ओ.टि.जी. रिभर्स चार्ज, ओ.टि.जी. डाटा ट्रान्सफर, हटनट, ब्ल्याक स्क्रीन गेस्चरको नियन्त्रण जस्ता नयाँ विशेषता रहेका छन् । १ दशमलव ३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, ५ इन्चको एच.डी.  डिस्प्ले, डि.टी.एस. साउण्ड, पछाडि ८ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेलको क्यामेरा रहेको छ । यसका साथै भि–जेस्चर र स्माइली जस्ता रोचक मोड पनि भएकोले गर्दा ह्याण्डसेटमा नसमातिकन पनि स्न्यापसट लिन सकिनेछ । यसमा गोरमेट मोड पनि राखिएको छ जसले गर्दा खानाको फोटोहरुलाई अझै स्वादिष्ट देखाउन सकिन्छ ।

एम थ्री निकै शक्तिशाली फोन भएको र जसले गर्दा उपभोक्ताहरुले सरल र बलियो ढंगले प्रयोग गर्न सक्ने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तीमा उल्लेख छ । मोबाइल फोनमा लामोे बिताउने उपभोक्ताहरुका लागि यो फोन निकै लाभदायक रहेको छ । साथै, डिसेम्बर देखि जियोनीका नेपाल स्थित सवै डिलरहरुमा उक्त मोबाइल फोन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL