Logo

सामाजिक संजालको प्रयोग गरी ठगी, सतर्क हुन साईबर व्युरोको आग्रह

सामाजिक संजालको प्रयोग गरी ठगी, सतर्क हुन साईबर व्युरोको आग्रह



काठमाडौं । पछिल्लो समय सामाजिक संजालमार्फत चिट्ठा परेको भन्दै ठग्न खोज्ने गिरोहदेखि सावधान हुन प्रहरीले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय साईबर व्युरोले एक सूचना जारी गर्दै यस्ता क्रियाकलापबाट सावधान हुन आग्रह गरेको हो ।

laxmi

पछिल्लो समय सामाजिक संजालमार्फत लाखौंको चिट्ठा परेको र त्यसको पहिले कर चुक्ता गर्नुपर्ने भएको भन्दै पैसा ठग्ने प्रवृत्ति बढेको छ । यस्तो कार्यमा एक गिरोह नै लागिपरेकाले यस्ता क्रियाकलापबाट सतर्क अपनाउन आग्रह गरिएको हो । प्रविधिको प्रयोग गरी गरिने ठगीका घटना पछिल्लो समय बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL