Logo

विदेशी नम्बरबाट मिस्ड कल गरेर पैसा ठगी, शंकास्पद एप्स डिलेट गर्न टेलिकमको आग्रह

विदेशी नम्बरबाट मिस्ड कल गरेर पैसा ठगी, शंकास्पद एप्स डिलेट गर्न टेलिकमको आग्रह



काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमको नम्बरमा विदेशी नम्बरबाट मिस्डकल गरेर पैसा लुट्ने समस्या पुनः मौलाएको छ । विदेशबाट मिस्डकल आउने र सो नम्बरमा कल गर्दा कल सफल भएपनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने अवस्था यदाकदा देखिएको टेलिकमले जानकारी दिएको छ । यस्तै केही दिन यता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको छ ।

laxmi

यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहकवर्गले आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन टेलिकमले आग्रह गरेको छ ।
सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरु नहुने भएतापनि कम्पनीका ग्राहकवर्गको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको टेलिकमले जानकारी दिएको छ ।

साथै, अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि ग्राहकवर्ग पनि सतर्क रहनु हुन तथा कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न टेलिकमले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL