Logo

५४ जिल्लाका १ लाख ७२ हजार ग्राहकसम्म पुग्यो टेलिकमको एफटीटीएच, ४ महिनामा थपिए ६४ हजार ग्राहक

५४ जिल्लाका १ लाख ७२ हजार ग्राहकसम्म पुग्यो टेलिकमको एफटीटीएच, ४ महिनामा थपिए ६४ हजार ग्राहक



काठमाडौं । नेपाल टेलिकमको फाईबर टु दी होम (एफटीटीएच) सेवा ५४ जिल्लामा पुगेको छ । टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच सेवा साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १ ७२ हजारभन्दा बढी ग्राहकलाई वितरण गरिसकेको बताएको हो ।

laxmi

२०७५ सालमा १ हजार ७ सय ३८ ग्राहकलाई मात्र यो सेवा उपलब्ध भएकोमा २०७६ मा ३० हजार ८ सय ७९ ग्राहकलाई र २०७७ मा १ ला ७ हजार ७ सय १ ग्राहकलाई यो सेवा उपलब्ध भएको थियो । यसैगरी २०७८ बैशाख, जेठ, असार र साउनको २८ गतेसम्म करिब ४ महिनामा ६४ हजार २ सय ९९ नयाँ लाइन वितरण गरिएको छ ।

नेपाल टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराइरहेको छ । प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टिभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ्ग, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको छ ।

मूलतः उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गरेको छ । सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भए पश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन भएको छ । चालु आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL