Logo

नेपाल टेलिकमले भन्यो – हाम्रो सर्भर ह्याक भएको छैन, यसअघि आएका समाचार झुटा हुन्

नेपाल टेलिकमले भन्यो – हाम्रो सर्भर ह्याक भएको छैन, यसअघि आएका समाचार झुटा हुन्



काठमाडौं । नेपाल टेलिकमले आफ्नो सर्भरमा ह्याकर समूहद्वारा आक्रमण नभएको सपष्टिकरण दिएको छ । टेलिकमको सर्भर ह्याक भएर टेलिकमको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भनी असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि टेलिकमले यस्तो स्पष्टिकरण दिएको हो । टेलिकमका अनुसार डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी टेलिकमले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो ।

laxmi

टेलिकमका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात टेलिकमको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको टेलिकमले जानकारी दिएको छ ।

ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको समेत बताएको छ । आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि टेलिकम प्रतिबद्ध रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL