Logo

काठमाडौं उपत्यकामा सिजी कम्युनीकेसन्सको इन्टरनेट सेवा सुरु, ९९९ रुपैयाँमै १२० एमबीपीएस स्पिड पाईने

काठमाडौं उपत्यकामा सिजी कम्युनीकेसन्सको इन्टरनेट सेवा सुरु, ९९९ रुपैयाँमै १२० एमबीपीएस स्पिड पाईने



काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी कम्युनीकेसन्सले काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुचारु गरेको छ । कम्पनीले मंलबारदेखि १ सय २० एमबीपीएस स्पिडको सेवा ललितपुरको जावलाखेल वरपर तत्काल जडान गर्न सकिने गरी सेवा सुचारु गरेको हो । कम्पनीले ९ सय ९९ रुपैयाँमै उक्त स्पिडको इन्टरनेट सेवा प्रदान गर्ने जानकारी दिएको छ । हाल कम्पनीलै व्यक्तिगत र संस्थागत ग्राहकहरुलाई उक्त सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

laxmi

भिडियो, ओटीटी प्लेटर्फम, ‘वर्क फर्म होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर सेवा सुरुवात गरेको कम्पनीको भनाई छ ।

शुरुवातमा हाम्रो सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले हाम्रो सेवाको फाइदा उठाउन सक्नेछन् । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ ।

उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ । नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी https://www.cgnet.com.np/मा उपलब्ध छ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने लक्ष्य राखिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले ग्राहक सेवा केन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखा( जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने जानकारी दिएको छ । नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लगिनेछ ।

सेवा शुभारम्भका अवसरमा कम्पनीले १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेका छौं । वाषिर्क प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ ।

सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताए ।

“दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ, माग पनि बढ्दो छ,” चौधरीले भने, “नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी राखेको छैन । मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ ।”

नोकियाको प्रविधिले उच्च गतिको सेवा प्रदान गर्न र भविष्यको बढ्दो बजारको मागलाई पूर्ति गर्न आफूहरू सक्षम हुने उनले बताए ।
उल्लिखित मूल्यमा दूरसञ्चार सेवा शुल्क समावेश रहेको मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL