Logo

निषेधाज्ञामा नेपाल टेलिकमका सस्ता डाटा तथा भ्वाईस प्याक, यसरी लिन सकिन्छ फाईदा

निषेधाज्ञामा नेपाल टेलिकमका सस्ता डाटा तथा भ्वाईस प्याक, यसरी लिन सकिन्छ फाईदा



काठमाडौं । हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकहरुका लागि नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराइरहेको छ । प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने अपेक्षा गरिएका यी सुविधाहरु निम्नानुसार छन् :

१. वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक – २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक ६ सय ४९ रुपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट एस्ट्रिक १४१५ एस्ट्रिक १ एस्ट्रिक ८ एस्ट्रिक २ ह्यास डायल गर्न सकिन्छ ।

२. ७ दिनका लागि १.५ जीबी प्याक – ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा ९५ रुपैयाँमा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट एस्ट्रिक १४१५ एस्ट्रिक १ एस्ट्रिक १ एस्ट्रिक ४ ह्यास डायल गर्न सकिन्छ ।

३. २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक – २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । ३० रुपैयाँमा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट एस्ट्रिक १४१५ एस्ट्रिक ८ एस्ट्रिक २ ह्यास डायल गर्न सकिन्छ ।

४. ५०० एमबी पर डे डाटा प्याक – जम्मा २ सय ९९ रुपैयाँमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट एस्ट्रिक १४१५ एस्ट्रिक १ एस्ट्रिक ९ एस्ट्रिक ३ ह्यास डायल गर्न सकिन्छ ।

मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL