Logo

भुक्तानी प्रणाली सुरक्षा विषयक सेमिनार हुँदै,वित्तीय संस्थाले प्रयोग गर्ने प्रविधिबारे छलफल

भुक्तानी प्रणाली सुरक्षा विषयक सेमिनार हुँदै,वित्तीय संस्थाले प्रयोग गर्ने प्रविधिबारे छलफल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ‘फाइनान्सियल इन्क्लुजन एण्ड पेमेन्ट सिस्टम सेक्युरिटी’ विषयक तीन दिने सेमिनार बिहीबारदेखि आयोजना हुने भएको छ । सूचना प्रविधि सुरक्षा आकस्मिक पहुँच समूह नेपाल (आइटीसर्ट–एनपी)ले आयोजना गर्न लागेको सेमिनार शनिवारसम्म दरबारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजना हुन लागेको हो ।

सेमिनारको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्नेछन् ।

सेमिनारमा वित्तीय क्षेत्रमा प्रयोग भएका प्रविधि र त्यसको सुरक्षा प्रणालीका विषयमा उक्त छलफल हुने आइटीसर्ट–एनपीका अध्यक्ष राजनराज पन्तले बताए । ‘सेमिनारमा अहिलेको पेमेन्ट सिस्टम र त्यसको पूर्वाधार कस्तो छ ? भन्ने विषयमा विस्तृत छलफल र अन्र्तक्रिया गर्छौ’ उनले भने ।

नेपालमा बैंक तथा वित्तीय संस्थाले प्रयोग गरिरहेको पछिल्ला प्रविधि र त्यसको सुरक्षा संवेदनशिलताको विषयमा विस्तृत छलफल गर्ने उद्धेश्यले सेमिनार आयोजना गर्न लागेको उनले जानकारी दिए ।

उक्त सेमिनारमा इन्टेल सेक्युरिटीले कार्यपत्र प्रस्तुत गर्ने छ । त्यस्तै नेपाल राष्ट्र बैंक, विज्ञान मन्त्रालय अन्र्तगतको प्रामाणिकरणको कार्यालय लगायतले पनि प्रस्तुति गर्नेछन् ।

सेमिनारमा वैक तथा वित्तीय संस्थामा वर्तमान भुक्तानी प्रणालीमा प्रयोग भएको प्रविधि र त्यसको पूर्वाधार, सीटुजी र बिटुजी भुक्तानी प्रविधि, त्यसका सरोकारवालाले पाउने सुविधा, बैकिङ प्रविधि, क्यासलेश पेमेन्ट सिस्टमलगायत विषयमा छलफल हुने छ । त्यस्तै , एम–पेमेन्ट, कार्ड सर्भिस तथा फाइनान्सियल इन्क्लुजन र सुरक्षा पनि सेमिनारको छलफलको विषय रहने आयोजकले जानकार दिएको छ ।

सेमिनारमा सहभागि हुनका लागि विद्यार्थीका लागि ५ हजार, प्रोफेशनलका लागि १५ हजार, कर्पोरेट हाउसका लागि २५ हजार शुल्क तोकिएको छ । सेमिनारमा ५० जना सहभागि हुने तय भएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL