Logo

सरकारको राजस्व आम्दानी र चालु खर्चबीच साढे १० अर्बको ग्याप, तलब भत्ता खुवाउन ऋणकै भर ?

सरकारको राजस्व आम्दानी र चालु खर्चबीच साढे १० अर्बको ग्याप, तलब भत्ता खुवाउन ऋणकै भर ?



कोभिड–१९का कारण आर्थिक गतिविधि सुस्त भएपछि सरकारको राजस्व आम्दानी अपेक्षितरुपमा बढ्न सकेको छैन । तर, अनिवार्य दायित्व अन्तर्गतका खर्च भने बढ्दो अवस्थामै छ । आम्दानीको तुलनामा खर्च बढी हुँदा सरकारलाई स्रोत व्यवस्थापनमा सकस परेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सरकारको राजस्व आम्दानी र चालु खर्चबीच साढे १० अर्ब रुपैयाँ बराबरको खाडल देखिएको छ । १ खर्ब ७२ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जबकी, यस अवधिमा सरकारको चालु खर्च नै १ खर्ब ८२ अर्ब ८५ करोड रुपैयाँ पुगिसकेको महालेखा नियन्त्रकको कार्यालयले उल्लेख गरेको छ ।
सरकारलाई राजस्व आम्दानी कमी हुँदा चालु खर्चमा समेत विदैशिक सहायता वा अन्य आम्दानीतर्फको स्रोतबाट व्यवस्थापन गर्नुपरेको देखिन्छ । विकासका लागि ल्याईने विदेशी ऋण र अनुदान तलबभत्तामा खर्च गर्नुपर्ने बाध्यता आईसकेको कार्यालयका अधिकारीहरु बताउँछन् ।
असोजसम्ममा सरकारले कुल २ खर्ब १ अर्ब ३७ करोड रुपैयाँ खर्च गरिसकेको छ । तर, यस अधिसम्ममा सरकारको कुल प्राप्ती भने १ खर्ब ९९ अर्ब ९४ करोड रुपैयाँ मात्रै रहेको छ । अर्थात, कुल प्राप्ती र कुल खर्चबीच समेत १ अर्ब ४३ करोड रुपैयाँको खाडल छ । यद्यपी, कुल प्राप्तीमा वैदेशिक ऋण भने जोड्न बाँकी रहेको एक अधिकारीले बताए । ‘आजको दिनसम्ममा वैदेशिक अनुदान र ऋणलाई समेत जोड्दा सरकारको कुल खर्च भन्दा प्राप्ती नै बढी छ’ उनले भने, ‘चालु खर्च भन्दा राजस्व आम्दानी कमी हुनु चाहि राम्रो अवस्था हैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL