Logo

दशैंका लागि अग्रिम टिकट बुकिङ अन्यौलमा, व्यवसायी भन्छन–अग्रिम बुकिङ खोल्नुको औचित्य छैन

दशैंका लागि अग्रिम टिकट बुकिङ अन्यौलमा, व्यवसायी भन्छन–अग्रिम बुकिङ खोल्नुको औचित्य छैन



काठमाडौं । कोरोना संक्रमण(कोभिड–१९) कारण ६ महिनापछि सञ्चालनमा आएका सार्वजनिक सवारीका लागि नजिकिएको दशैं पनि निराशाजनक हुने देखिएको छ ।

नेपालीहरुको महान पर्व दशैं शुरु हुन १ महिना समय रहेपनि कोरोनाका कारण अहिलेसम्म कुनै उत्साह देखिएको छैन् । विशेषत दशैं सार्वजनिक सवारी व्यवसायीका लागि उच्च व्यवसाय हुने समय हो । दशै मनाउन लाखौं मानिस शहरबाट गाउँ जाने भएकाले छोटो, मध्यम र लामो दूरीसम्मका सार्वजनिक सवारी दशैंको समयमा व्यस्त रहने गर्छ ।

काठमाडौंबाट मात्रै २० लाख बढी मानिस गाउँ फर्किने भएका कारण दशैंको समयमा बस अभाव हुने गर्छ । जसलाई सम्बोधन गर्न व्यवसायीहरुले दशैंको समयमा १ महिनाअघि नै अग्रिम टिकट बुकिङ खुलाउने गर्दै आएका छन् ।

तर, यसपटक कोभिडका कारण लाखौं मानिसहरुले काठमाडौं छाडिसकेको र कतिपय गाउँ नजाने देखिएकोे बस व्यवसायीहरु निराश देखिएका छन् । अरु वर्ष गाडीको अभाव लाई व्यवस्थापन गर्दै दशैमा यात्रुलाई सुरक्षित र भरपर्दो यात्राका निम्ति १ महिना अघि नै अग्रिम टिक बुकिङ खोलिने गरिन्थ्यो ।

यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरुको समन्वयमा खोलिने दशैंको अग्रिम टिकट बुकिङ यसपटक के गर्ने भन्ने अन्यौल अवस्थामा रहेको कडाउन हुनुभन्दा अघि केही यात्रु गईसकेको र आधाभन्दा बढी लकडाउनकै अवधिमा काठमाडौं छोडेर बाहिर गईसकेको अवस्था छ । त्यसैले पनि यसपाली अग्रिम टिकट बुकिङको तामझामको आवश्यकता नभएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।

उनका अनुसार केही मानिसहरु पहिल्यै आफ्ना थातथलो गईसकेको अवस्था भएकाले यसपाली दशैंमा घर जाने यात्रु धेरै कम हुने देखिएको छ । यसकारण १ महिना अघि नै दशैंको अग्रिम टिकट बुकिङ खुल्दा यात्रुमा टिकट नपाईने होकि भन्ने डर पैदा हुने उनको भनाई छ । उनले भने–‘सोही कारण पनि यो बर्षको दशैंमा अग्रिम टिक बुकिङ खोल्नुको कुनै औचित्य छैन ।’

यातायात व्यवस्था विभागले असोजको दोस्रो हप्तासम्म अग्रिम टिकट खुलाउने गरी तयारी गर्न व्यवसायीलाई निर्देशन दिएको भएपनि कहिलेदेखि खुलाउने भन्ने टुंगो नभएको उनको भनाई छ । बिहीबारदेखि लामो रुटका सार्वजनिक सवारी ५० प्रतिशत यात्रु राख्ने शर्तमा संचालनमा आएका छन् । सोहीअनुसार बसको भाडा पनि लकडाउन पहिलेको तुलनामा ५० प्रतिशतले बढेको छ ।

कोरोना महामारीबाट यात्रुलाई सुरक्षित तरिकाले थातथलोसम्म पुर्याउन बसपार्ककको व्यवस्थापन जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले पनि सोही अनुसारको सुरक्षाको व्यवस्था गरेको बताएको छ । प्रालिका महाप्रबन्धक सुनिल कुँबरले बाहिरी जिल्लाबाट गाडी पनि त्यत्तिकै मात्रामा काठमाडौं आईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL