Logo

धेरै र चर्को बोल्ने मानिसले कोरोना भाईरस बढी फैलाउने अनुसन्धानको निष्कर्ष, सकेसम्म कम र सुस्त बोल्न सुझाव

धेरै र चर्को बोल्ने मानिसले कोरोना भाईरस बढी फैलाउने अनुसन्धानको निष्कर्ष, सकेसम्म कम र सुस्त बोल्न सुझाव



काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० सम्बन्धमा एक अनुसन्धानले प्रस्तु गरेको नयाँ निष्कर्षले कोरोनाका भाइरसहरु फैलिनुमा हरेक व्यक्तिले कति कुरा गर्छन भन्ने विषय पनि जिम्मेवार हुने देखिएको छ ।

laxmi

हालै गरिएको एक नयाँ अध्ययनअनुसार शान्त ठाउँहरुभन्दा धेरै कोलाहल हुने क्षेत्रहरु बढी कोरोना भाईरसको जोखिम क्षेत्र भएको पत्ता लागेको छ । अनुसन्धाताहरुका अनुसार बोलीको भोल्युम घटेसँगै कोरोना भाईरसको फैलावटलाई पनि रोक्न सकिन्छ ।

बैज्ञानिकहरुले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिबेदनअनुसार एक पटक बोल्दा एउटा कोठाको भेन्टिलेसन बराबरको शक्ति उपयोग हुन्छ जसका कारण रोगको फैलावट दोब्बरले बढ्ने सम्भावना हुन्छ ।

उक्त अनुसन्धानमा सार्वजनिक स्थानहरुमा कोरोना भाईरसको संक्रमण फैलावटको वृद्धिदर अन्य स्थानको तुलनामा बढी हुन्छ । त्यसैले अस्पताल, वेटिङ रुमलगायतका स्थानहरु बढी खतरापुर्ण हुन्छन् ।

विश्व बैंकले पनि थुकका छिटाबाट कोरोना भाईरसका संक्रमणको फैलावट दोब्बरले हुने बताएको छ । जसका कारण संगीत सिक्ने स्थान, रेष्टुरेन्ट, फिटनेस क्लबलगायतका स्थानहरु बढी जोखिमपुर्ण मानिन्छन् ।

अध्ययनका अनुसार कुनै मानिसले बोल्दाखेरी माईक्रोस्कोपिक ९सुक्ष्म० थुकका छिटा उत्सर्जन हुन्छन् । जसमार्फत धेरैभन्दा धेरै भाईरसहरु हावामा प्रसारित हुन्छन् । जति धेरै जोडले बोल्यो त्यति धेरै भाईरसहरु प्रसारित हुने अध्ययनमा उल्लेख छ । जस्तै सिट्टी बजाउने, कराउनेलगायतका व्यवहारहले भाईरसको संक्रमण दरलाई बढाउने बताईएको छ ।

भीडभाड भएको तर शान्त कक्षाकोठाहरुमा भने भाईरसको प्रसारण धेरै नै कम हुन्छ । तअझ धेरै हल्ला हुने बारहरुमा भने भाईरसको संक्रमणदर एकदमै उच्च हुन्छ । याहुहेल्थबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL