Logo

अन्ततः रेलमार्गको विवादित ठेक्का स्थगित, ५४ वटा प्याकेजकै सबै ठेक्का रोकियो

अन्ततः रेलमार्गको विवादित ठेक्का स्थगित, ५४ वटा प्याकेजकै सबै ठेक्का रोकियो



काठमाडौं । अन्ततः रेलमार्गको विवादित ठेक्का स्थगित भएको छ । पछिल्लो समय निकै विवादमा आएको पूर्व–पश्चिम रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्ड निर्माणको ठेक्का स्थगित भएको हो ।

जग्गा अधिग्रहण पनि नगरी हतार .–हतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको थियो । रेलमार्गबाट प्रभावित क्षेत्रका जनता ले पनि विभिन्न ढंगले आन्दोलन गरिरहेका छन् ।

रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी सो रेलमार्गको सबै ५४ वटा प्याकेजमा आह्वान भएको ठेक्का रद्द भएको जानकारी दिएको हो ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । अब ती सबै ठेक्का स्थगित भएका छन् ।

रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो ।

यो खण्डमा साइट क्लियरको पूर्वतयारी पनि भएको छैन। यहीबीच सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा समस्या आएको भन्दै यो रेलमार्गसहित अन्य ठेक्का १५ दिन स्थगित भएको थियो।

सोमबारमात्रै कार्यालयले डकुमेन्ट डाउनलोडको समस्या समाधान भएको भन्दै सूचना प्रकाशित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL