Logo

कोरोना भाईरस कमजोर बन्दै गएको बैज्ञानिक निष्कर्ष, भ्याक्सिन बन्नु अगावै निर्मूल हुनसक्ने दाबी

कोरोना भाईरस कमजोर बन्दै गएको बैज्ञानिक निष्कर्ष, भ्याक्सिन बन्नु अगावै निर्मूल हुनसक्ने दाबी



काठमाडौं । ईटालीस्थित सरुवा रोग विशेषज्ञहरुले अब कोरोना भाईरसको खतरा विस्तारै टर्दै गएको बताएका छन् । उनीहरुले कोरोना भाइरस अब विस्तारै आफै भ्याक्सिनविनै विलय भएर जानेसमेत स्पष्ट पारेका छन् ।

laxmi

सान मार्टियो अस्पतालका सरुवा रोग प्रमुख मट्टेओ बसेट्टीका अनसार भाईरसले आफ्नो खतरनाक गुणहरु कम गरिरहेको छ । अब यो आफै हराएर जाने सम्भावना अत्याधिक छ । उनका अनुसार कोरोना भाईरस पूर्णतया परिवर्तन हुँदैछ ।

‘मार्च र अप्रिलका पहिलो हप्तासम्म भाईरस एकदमै फरक थियो,’ उनले भने, ‘त्यतिखेर मानिसहरु भाईरसले अत्याधिक सताएपछि सहनै नसकेर अस्पतालको भेन्टीलेटरमा अक्सिजन आवश्यक पर्नेगरी आउँथे ।’

तर हाल अवस्था फरक भएको छ । भाईरसले देखाउने लक्षणमा ठुलो परिवर्तन आएको छ । ‘मार्च र अप्रिलको पहिलो हप्ता यो एक रिसालु बाघजस्तो थियो, तर हाल यो एक जंगली विरालोजस्तो मात्रै बाँकी रहेको छ,’ उनले भने, ‘हाल ८०–९० बर्षका वृद्धि विरामीहरु पनि विना सहायताविनै श्वास लिन सक्छन, जबकि पहिले यस्ता वृद्ध विरामीहरुको भाईरसको संक्रमण देखिएको ३ देखि ४ दिनमा निधन भईसक्थ्यो।’

सामाजिक दूरी कायम गरेर यसको संक्रमण घटाईएकाले यस्तो भएको हुनसक्ने उनको बुझाई छ । मानिसहरुले भाईरससँग लड्ने ईम्युन सिस्टमले रियाक्ट गर्न थालेपछि यस्तो भएको विज्ञको बुझाई छ ।

लकडाउन, मास्क लगाउने प्रवृत्ति, सामाजिक दुरीलगायतका क्रियाकलापले हाम्रो ईम्युन सिस्टम बढाईदिएर त्यसको असर भाईरस संक्रमणमा देखिएको हो । विज्ञका अनुसार वैज्ञानिकहरुले भ्याक्सिन पत्ता नलगाउँदै भाईरसलाई निर्मुल पार्न सकिने सम्भावना अत्याधिक रहेको छ । हाल भाईरसका कारण मृत्यु हुने घट्नु र संक्रमिको संख्या पनि नघटेपनि नगईरहेको अवस्थाामा विज्ञहरुले यस्तो विश्लेषण गरेका हुन ।

तर अर्का एक विशेषज्ञले भने भाईरस निर्मूल हुन अझै केही बर्ष लाग्ने बताएका छन् । बेलायतस्थित युके विश्वविद्यालयका प्रोफेसर डाक्टर भरत पंखानियाका अनुसार यो यति चाँडै निर्मूल भएर जाँदैन । तर, यसका विरुद्धको भाईरस पत्ता लगाएर संक्रमितको संख्या शून्य भएको खण्डमा भने यो निर्मुल हुनसक्ने उनको अनुमान छ । nypost.com बाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL