Logo

नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मद अनुमोदन, निशान छाप परिवर्तन

नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मद अनुमोदन, निशान छाप परिवर्तन



काठमाडौं । नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मद अनुमोदन भएको छ । नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ परित भएको छ । प्रस्तावमाथि प्रतिनिधिसभामा भएको मतदानबाट विपक्षमा कुनै मत परेन ।

laxmi

।शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।

बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

शनिबार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निशान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव मतदान भएको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन्। संशोधन प्रस्तावमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन रहे पनि प्रक्रिया पूरा गर्नका लागि मतदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL