Logo

कोरोना भाइरसका कारण संकटमा यौन व्यवसाय, यौनकर्मीलाई भविष्यको चिन्ता

कोरोना भाइरसका कारण संकटमा यौन व्यवसाय, यौनकर्मीलाई भविष्यको चिन्ता



काठमाडौं । मेलबर्नस्थित स्टेल्ले लुकास पछिल्लो १० बर्षदेखि यौन व्यवसायमा सक्रिय छिन । उनले आफ्ना ग्राहक बढाउने काम गर्दै थिइन र सम्बन्ध पनि पनि राम्रै स्थापित हुँदै थियो ।

laxmi

तर, विश्वभर फैलिएको कोरोना भाईरसका कारण सामाजिक, भौतिक दूरी कायम गर्नुपर्ने भएपछि उनको यौन व्यवसायमा नसोचेको प्रतिबन्ध लाग्यो । उनको १० बर्ष लामो परिश्रम व्यर्थै जस्तो भयो । उनी पछिल्लो ५ महिनादेखि आफ्ना व्यवसाय बन्द रहेको बताउँछिन । यसबीचमा उनका धेरै ग्राहकहरुले त उनलाई बिर्सिइसके भन्ने चिन्ता पनि छ उनको ।

कोरोना संक्रमण पछि उनलाई आफ्ना ग्राहकसँग सम्पर्क गर्न र बातचित गर्न अप्ठ्यारो भएको छ । यो व्यवसायमा धेरैभन्दा धेरै घनिष्टताको आवश्यकता पर्ने हुनाले यसमा संक्रमणको डरले बाधा पुर्याएको उनको बुझाई छ । उनले महामारी अगाडि औसत कमाई गरिरहेकी थिईन र मेलबर्नमा एउटा घर किन्ने सोच बनाएकी थिईन ।

तर, हाल उनको सबै आम्दानी बन्द भएको छ । उनले आफ्ना व्यवसायलाई अनलाईनमार्फत अघि बढाउने त सोचिन तर, शारिरिक सम्पर्कविना यो सम्भव थिएन । उनका केही ग्राहक त स्मार्टफोन चलाउनसम्म नजान्ने पनि छन् ।

विभिन्न देशका सरकारले लकडाउन खुकुलो पार्ने बताउँदै आएका छन । जसअनुसार होटल, रेष्टुरेन्ट, क्याफेलगायत त खुले तर, यौन व्यवसायको बारेमा भने केही निर्णय भएको छैनु, जसका कारण तमाम यौनकर्मीहरु तनावमा छन् ।

अब पुनः आफ्नो व्यवसाय सुरु गर्दा पहिल्यैदेखि सुरु गरे जसरी जिरोको अवस्थाबाट गर्नुपर्ने स्टेले बताउँछिन । यस्तै उनले आफ्ना ग्राहकको स्वास्थ्यमाथि पनि उत्तिकै ध्यान दिनुपर्ने बाध्यतासमेत छ ।

अष्ट्रेलियाको सरकारले आम्दानी गुमाएका नागरिकहरुलाई राहत दिने घोषणा त गर्यो तर। यसबाट यौनकर्मी तथा विदेशबाट काम गर्न आएका नागरिकहरुले भने लाभ लिन सकेनन् । जसको कारण थियो राहत पाउन कर तिरेको प्रमाण पेश गर्नुपथ्र्यो ।

जसका कारण दर्जनौ देशका यौनकर्मीहरु मारमा परेका छन् । सरकारले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा ठूलो ध्यान दिने गरेको त छ तर, योनकर्मीलाई भने यस्तो सेवासुविधामा समेटिएको छैन ।

केही विकसित देशहरुमा धेरै यौनकर्मीहरु आफ्नो परिवारको आयस्रोतको रुपमा काम गर्छन । अर्थात यौनकर्मीहरु परिवारको कमाई गर्ने मानिस सरह हुन्छन जसका भरमा पूरा परिवार बाँचिरहेको हुन्छ । महामारीका कारण यौनधन्दा चौपट भएपछि यस्ता यौनकर्मीको जीविकोपार्जन नै धरापमा परेको छ ।
यस्तै समस्या भारतका केही शहरहरुमा पनि छ । धेरै शहरका यौनकर्मीहरुले आफ्नो परिवार यौनधन्दा गरेरै पालिरहेका थिए । हाल उनिहरुको आम्दानीको स्रोत नै बन्द भएको छ ।

कारोना भाईरस महामारीपछि शारिरिक सम्पर्कमा पूर्ण प्रतिबन्ध लागेपछि विश्वभरका यौनकर्मीहरु हाल आगामी भविष्य कस्तो हुने भन्ने तनावमा परेका छन् । उनिहरु न कुनै अरु काम गर्न सक्छन न पहिलेको आफ्नो व्यवसाय सुरु गर्न सक्छन् ।- बिबिसीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL