Logo

कम्पनी विवरण बुझाउन ९० प्रतिशत जरिवाना छुट, भोली ५ बजेसम्म बुझाउनुपर्ने

कम्पनी विवरण बुझाउन ९० प्रतिशत जरिवाना छुट, भोली ५ बजेसम्म बुझाउनुपर्ने



काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौँले कम्पनी विवरण, सूचना वा जानकारी ढिला बुझाउने कम्पनीहरुलाई ९० प्रतिशत जरिवाना छुट दिने भएको छ ।

कम्पनी ऐन, २०६३ (संशोधन सहित) को दफा ८१ को उपदफा (७) बमोजिम, कुनै कम्पनीले यस ऐन अनुसार बुझाउन बाँकी विवरण, सूचना वा जानकारी संवत् २०८२ साल असार मसान्तभित्र बुझाएमा ढिला बुझाएको आधारमा लाग्ने जरिवानामा नब्बे प्रतिशत छुट हुने कानूनी व्यवस्था छ ।

उक्त व्यवस्था अनुसार कम्पनीहरुले अनिवार्य रुपमा आफ्नो विवरण, सूचना वा जानकारी सहितको निवेदन असार ३२ गते कार्यालय समयभित्र (अपराह्न ५ः०० बजेभित्र) अनलाइनमार्फत् सीएएमआईएस प्रणालीमा प्रविष्ट गरिसक्नुपर्ने कार्यालयले जनाएको छ ।

कम्पनी कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित कम्पनी तथा सरोकारवालाहरुलाई तोकिएको म्यादभित्र विवरण पेस गर्न आग्रह गरेको छ । समयमै विवरण बुझाएमा जरिवानामा ठूलो छुट पाइने भएकाले यो अवसर गुम्न नदिन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्