काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदमा भगवती न्यौपानेलाई नियुक्त गरेका छन् । न्यौपानेलाई प्रधानमन्त्रीको सिफारिसमा मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो ।
यसअघि सो मन्त्रालयका मन्त्री राजकुमार गुप्ताले मंगलबार प्रधानमन्त्री समक्ष राजीनामा दिएका थिए । गुप्ताले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा दिएका हुन् । उनी घुस काण्डमा मुछिएको अडियो नै बाहिरिएपछि उनले नैतिकताका हिसावले राजीनामा दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असार ३१ गते गठन गरिएको मन्त्रिपरिषद्का सदस्य गुप्ताले पदबाट राजीनामा दिएपछि संविधानको धारा ७६ को उपधारा (९) बमोजिम नयाँ नियुक्ति गरिएको हो । राष्ट्रपति कार्यालयका अनुसार न्यौपानेलाई आजैदेखि लागू हुने गरी नियुक्त गरिएको हो ।