Logo

चालू आवमा पूरै असफल भएको पर्यटन मन्त्रालयले आगामी आवको लागि कति माग्यो बजेट ? के–के छन् नयाँ योजना

चालू आवमा पूरै असफल भएको पर्यटन मन्त्रालयले आगामी आवको लागि कति माग्यो बजेट ? के–के छन् नयाँ योजना



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक बर्षका लागि ३ अर्ब रुपैयाँको बजेट माग गरेको छ । मन्त्रालयले नियमित काम गर्नकै लागि उक्त रकम माग गरेको जानकारी दिएको हो ।

चालु आवको लागि पर्यटन पूर्वधारको लागि २ अर्ब ६८ करोड रुपैयाँ बजेट प्राप्त गरेको मन्त्रालयले यस बर्ष केही रकम थप हुने अनुमान सहित ३ अर्ब रुपैयाँ माग गरेको मन्त्रालयका प्रवक्ता रुद्रसिं तामाङ जानकारी दिए ।

सरकारले आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन विद्येयक २०७७ का सिद्धान्त र प्राथमिकतामा होटल रेष्टुँरा, एयरलाईन्स, ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायतलाई प्राथमिकतामा राखेको छ । त्यस्तै पर्यटन गन्तब्य र वस्तुलाई विधिकरण गर्नुका साथै पर्यटन पूर्वधारको विस्तार गर्ने, विमानस्थल निर्माण र स्तरोन्नति कार्य अगाडी बढाईने उललेख छ ।

सरकारले चालु आवमा समेत बिमानस्थल निर्माण, राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्‍ने धावनमार्गको रूपमा विस्तार गर्ने, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४ घण्टा संचालनमा ल्याउने, बुटिक विमानस्थल बनाउने, उपत्यका नजिकको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण गर्ने, तेह्रथुमको चुहानडाँडालगायत हवाई सुविधा नपुगेका सम्भाव्य स्थानमा विमानस्थल निर्माण गर्ने, रात्रि उडानको सुविधा नभएका आन्तरिक विमानस्थलहरूमा पूर्वाधार निर्माण गरी रात्रिकालीन उडान सुरु गर्ने बताएको थियो ।

सोही अनुरुप केही विमानस्थलहरुको स्तरोन्नति भए पनि राजधानी नजिकै विमानस्थल बनाउने भन्ने विषय भने हराएकोे छ । काभ्रेको नागीडाँडामा बनाउने भनेको विमानस्थलको समेत केही काम अघि बढेपनि विगत ९ महिनादेखि ठप्प छ । त्यस्तै सरकारले नेपाल वायुसेवाको जहाज जाने बिभिन्न देशहरुसँग हवाई सम्झौता गरे पनि सीमित देशहरु भन्दा अन्य देशमा नेपाली एयरलाईन्सहरु जान सकेका छैनन् ।

सरकारले भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै आन्तरिक विमानस्थलहरुको स्तरोन्नति गर्ने र भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक ल्याउने बताए पनि अन्नतः कोरोना भाईरसका कारण भ्रमण बर्षनै स्थगित गर्नुपरेको छ । सरकारले चालु आवका लागि हवाई क्षेत्रमा १५ अर्ब ८५ करोड रुपैयाँ रकम विनियोजन गरे पनि नियमित कार्यक्रमभन्दा अन्य कुनै कार्यक्रम भने गरेको छैन । आगामी आवको लागि भने केही रकम घटेर आउने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिएका छन ।

उनका अनुसार आगामी आवको लागि सरकारले आफ्नो बजेट कम ल्याउने भएकाले समग्रमा हवाई क्षेत्रमासमेत सोही अनुसार बजेट घटेर आउने उनले बताए । भईरहेकै विमानस्थलहरुको स्तरोन्नति गर्ने र हालको विषमपरिस्थितिमा अन्य कुने पनि नयाँ योजना नल्याउनेसमेत पोखरेलले जानकारी दिएका छन ।

प्राधिकरण अन्तरगतका राष्ट्रिय गौरवको आयोजनालाई भने समग्रमा साढे १८ अर्व रुपैयाँ माग गरेको आयोजना प्रमुख प्रदिप अधिकारीले जानकारी दिएका छन । उनका अनुसार आगामी आवको लागि गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाको लागि ४ अर्ब रुपैयाँ, पोखरा विमानस्थल निर्माणको लागि १२ अर्ब रुपैयाँ र निजगढ अन्तरराष्ट्रिय विमानस्थलको लागि साढे २ अर्ब रुपैयाँ माग गरेको छ । चालु आवको लागि भने सरकारले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाको लागि ३ अर्ब ३४ करोड रुपैयाँ र पोखरा विमानस्थल निर्माणको लागि ८ अर्ब रुपैयाँ छुट्टयाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL