Logo

कोरोनाको उपचारमा गेमचेन्जर ‘हाईड्रोक्सिक्लोरिक्विन’ निर्यातमा द्धन्द्ध, के चीन भारतले अमेरिका औषधि नपठाओस भन्ने चाहन्छ ?

कोरोनाको उपचारमा गेमचेन्जर ‘हाईड्रोक्सिक्लोरिक्विन’ निर्यातमा द्धन्द्ध, के चीन भारतले अमेरिका औषधि नपठाओस भन्ने चाहन्छ ?



काठमाडौं । विश्वमा फैलिरहेका कोरोना भाईरसविरुद्धको उपचारमा लड्न सक्ने क्षमता भएको औलो अर्थात मलेरियाको औषधि ‘हाईड्रोक्सिक्लोरिक्विन’ भारतमा प्रशस्तै उत्पादन हुन्छ । कोरोना विरुद्धका लागि हाल ‘गेमचेन्जर’ औषधि मानिएको उक्त औषधि छालासम्बन्धी र नसासम्बन्धी रोगका लागि पनि प्रयोग हुँदै आएको छ ।

laxmi

भारत एक्लैले हाल विश्वको ७० प्रतिशत हिस्सा बराबर हाईड्रोक्सिक्लोरिक्विनको निर्यात गर्ने गर्दछ । हाल भारतले प्रतिमहिना ४० टन अर्थात २ सय एमजीका २० करोड ट्याब्लेट हाईड्रोक्सिक्लोरिक्विनको उत्पादन गरिरहेको छ ।

आफैलाई आवश्यक भन्दै अमेरिकामा सो औषधि निर्यात गर्न नमानिरहेको भारतले मंगलबार भने अमेरिकामा पनि उक्त औषधि निर्यात गर्न राजी भएको छ । तर उक्त औषधि बनाउनका लागि आवश्यक ७० प्रतिशत कच्चा पदार्थ चीनबाट आयात हुने गरेको छ । तर, अमेरिकाले उक्त औषधिको माग गरेपछि यसको उत्पादन बढाउनुपर्ने भारत सरकारले बताएको छ । भारतले उत्पादन बढाउन चाहेर मात्रै हुँदैन यसका लागि चीनले पनि सोही अनुसारको कच्चा पदार्थ आपुर्ति गरिदिन आवश्यक छ ।

हाल चीन र अमेरिकाबीच तनाव छ । सोही तनावका कारण चीनले भारतलाई भनेअनुसार कच्चा पदार्थ नदिने र भारतबाट अमेरिकामा औषधि निर्यातमा समस्या उत्पन्न हुने विज्ञहरु बताउँछन् ।

विभिन्न विकसित देशमा मलेरियाको संक्रमण नहुने भएपछि उक्त औषधि उत्पादन हुँदैन । यो मलेरियाविरुद्धको औषधि क्लोरिक्विनजस्तै छ । तर हाईड्रोक्सिक्लोरिक्विन भने कम साईड ईफेक्ट गर्ने भएकाले केही महंगो छ । भारतीय कम्पनीहरुले आफुसँग भनेजति हाईड्रोक्सिक्लोरिक्विन रहेको र आवश्यक परेमा उत्पादन वृद्धि गर्न सकिनेसमेत बताएका छन् ।

भारतमा हाल विभिन्न ३ रोगका विरुद्ध बार्षिक करिव २ करोड ४० लाख हाईड्रोक्सिक्लोरिक्विन खपत हुन्छ । अमेरिकामा हालसम्म भारतबाट उक्त औषधि निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL