Logo

ऋणमा डुब्दैछ विश्व अर्थतन्त्र, ५५ ट्रिलियन डलर पुग्यो ऋण

ऋणमा डुब्दैछ विश्व अर्थतन्त्र, ५५ ट्रिलियन डलर पुग्यो ऋण



काठमाडौं । पछिल्लो दशक विभिन्न क्षेत्र खासगरी व्यवसायिक क्षेत्रमा ऋण लिने क्रम बढेको छ । अन्तरराष्ट्रिय मुद्रा कोषका अनुसार खासगरी चीन, जापान, अमेरिका, जर्मनी, बेलायत, फ्रान्स, ईटाली र स्पेनका प्रायजसो संस्थाहरु ४० प्रतिशत बढी ऋणमा छन ।

यसले गर्दा सेवालगायत क्षेत्र महँगा भएका छन । अर्काे शब्दमा भन्दा हजारौं व्यवसायमा आवद्ध लाखौं श्रमिकहरुले उधारो काम गरिरहेका छन । कोषका अनुसार विश्वलाई चुनौती झन थपिदो छ । यो चुनौती आगामी आर्थिक द्धन्द्धसम्म रहने छ । यस्तै विश्व बैंकका अनुसार ईमर्जिङ बजार र विकाशसील अर्थतन्त्रले विश्वको ऋण मात्रै सन २०१८ सम्म ५५ ट्रिलियन डलरसम्म पुगेको छ ।

विश्वका धनी देशका १ सयभन्दा बढि ईमर्जिङ बजार र अर्थव्यवस्थाले नीजी क्षेत्रका लागि सरकारले लिने ऋण समेत बढाईदिएका छन । यो ऋण ठुलो मात्रै नभएर रुपरेखा समेत बदलिएको छ । एक त यस्ता ऋणले सम्बन्धित देशको शिक्षा, स्वास्थ्य, तथा समृद्धिमा सहयोग पुगेको छ । भने अर्काेतिर ठूला अर्थतन्त्र भएका राष्ट्रहरुले विकाशसील राष्ट्रहरुलाई धेरै व्याजदरमा ऋण दिने गरेका छन ।

कतिपय विश्लेषकहरुले भने विश्व बैंक र आईएमएफले सबै क्षेत्रबाट खतराको संकेत गर्नेगरी गरेको विश्लेषण अमान्य भएको बताएका छ । अमेरिकी केन्द्रिय बैंकले धेरै ऋण लिने कार्य फेरी नदोहोरिने गरी काम गरिरहेको जानकारी दिएको छ ।

बैंकले सन २००५ देखि २००७ सम्म ठूलो ऋण लिएको थियो । हाल विश्वमा ऋणको बेस रेट २ दशमलव ५ प्रतिशतसम्म पुगेको छ । हाल जोकोहीले पनि कम व्याजदरका साथ ऋण लिने प्रवृत्ति बढेको छ । व्यवसायमा सकारात्मक आयका वाबजुद पनि कतिपय व्यवसायीहरुले ऋण लिने गरेका छन । तर, लगानीलाई जोड दिएर उक्त ऋण चुकाउने कार्य भने कमैमात्र भएको देखिन्छ ।

सन २००८ को आर्थिक मन्दी यताको पुस्ता खर्च कम गरेर बचतमा ध्यान दिने अवस्थाको छ । जसका कारण पनि विश्वको अर्थतन्त्रलाई ठुलो धक्का पुगिरहेको छ । यस्तै मानिसहरुले कर कम दिन र सेवा बढी लिने सुविधाका लागि त्यस्तै नेतृत्वकर्तालाई चुन्ने गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL