Logo

अर्थमन्त्रीले भने, ‘परामर्शदाता र प्राविधिक सहयोगमा विदेशी सहयोग निरुत्साहित गर्नेछौं’, नेपाली सक्षम भएका क्षेत्रमा विदेशी लगानी प्रतिवन्ध

अर्थमन्त्रीले भने, ‘परामर्शदाता र प्राविधिक सहयोगमा विदेशी सहयोग निरुत्साहित गर्नेछौं’, नेपाली सक्षम भएका क्षेत्रमा विदेशी लगानी प्रतिवन्ध



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले परामर्शदाता र आफ्नै सामान र प्राविधिक प्रयोग गरी हुने विकास निर्माणमा वैदेशिक सहायतालाई निरुत्साहित गर्ने बताएका छन् । ‘मुलुकलाई आत्मनिर्भर, अनुदान परिचालनमा सहयोग र ठूला पूर्वाधार निर्माणमा मात्र सरकारले विकास साझेदारहरुसँग प्राविधिक सहायता लिनेछ,’ विकास सहायता प्रतिवेदन सार्वजनिक गर्दै उनेले भने, ‘हामीलाई अबका दिनमा ठूला पूर्वाधार निर्माण गरी विकासको काम अघि बढाउनु छ त्यसैले हलुका रुपमा प्राविधि सहायता लिईदैन ।’

कतिपय विकास साझेदारहरुले सहयोग उपलब्ध गराउँदा आफ्नै परामर्शदाता, प्राविधिक र सामान समेत प्रयोग गर्नुपर्ने शर्त राखेका कारण सरकारले आएको सहयोग रकम समेत परिचालन गर्न नसकेको उनले जानकारी दिए । ‘हामीले आफु आत्मनिर्भर भएर देश विकास गर्न साझेदारहरुसँग सहयोग लिने हो,’ उनले भने, ‘यदि सहयोग लिएर विकास निर्माणमा वास्तविक काम हुँदैन भने किन सहयोग लिने ?’

यसैगरी नेपाली नै सक्षम भएका पेशा व्यवसायमा विदेशी लगानी निरुत्साहित गरिने समेत उनले जानकारी दिए । ‘हामीले १ लाख डलरको विदेशी लगानी चाहेका होइनौ,’ उनले भने, ‘ठूला पूर्वाधार विकास र नयाँ इनोभशनका लागि विदेशी लगानी आवश्यक छ नेपालीले नै गर्न सक्ने क्षेत्रमा विदेशी लगानी चाहिँदैन ।’ कतिपय कृषि, कन्सल्टेन्सीजस्ता क्षेत्रमा विदेशी लगानीलाई प्रतिविन्ध गर्नुपर्ने समेत उनको तर्क थियो ।

अनावश्यक शर्तकै कारण भुकम्पका समयमा कतिपय विकास साझेदारहरुले सहयोगका लागि प्रतिवद्धता गरेको रकम समेत परिसचालन गर्न नसकिएको उनको गुनासो थियो । विभिन्न खालका सर्तकै कारण भुकम्पको समयमा बहुपक्षीय तथा द्धिपक्षीय विकास साझेरदारबाट ४ खर्ब रुपैयाँभन्दा बढीको प्रतिवद्धता आएपनि परिचालन गर्न नसकिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

भुकम्पको समयमा आएको प्रतिवद्धतामध्ये ८८ प्रतिशत रकमको लागि अर्थ मन्त्रालयले विभिन्न विकास साझेदारसँग सम्झौता गरेको छ । तर, सोमध्ये २३ प्रतिशत रकममात्र परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL