Logo

भ्रष्ट मुलुकको सूचीमा नेपाल १२२औं स्थानमा, सार्क राष्ट्रमा चौथो

भ्रष्ट मुलुकको सूचीमा नेपाल १२२औं स्थानमा, सार्क राष्ट्रमा चौथो


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेनसी इन्टरनेशलनले सार्वजनिक गरेको सूचांकमा नेपाल भ्रष्टाचार हुने राष्ट्रहरुको १२२ औं स्थानमा परेको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको हो । गत बर्ष १३१ स्थनमा रहेको नेपालले यसबर्ष भने भ्रष्टाचारमा सुधार गरेको हो ।

यस बर्ष ९ स्थान माथि उक्लिएको ट्रान्सपरेन्सी इनटरनेशनलले जानकारी दिएको छ ।ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ४० भन्दा कम अंक ल्याउने देश निकै भ्रष्टाचार हुने भनेर चिनिन्छन् ।

जसअनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजील्याण्ड पहिलो र डेनमार्क दोस्रो स्थानमा छन् । उनीहरुले पाएको नम्बर क्रमशः ८९ र ८८ छ ।

दक्षिण एशियाका देशहरुमध्ये बंगलादेश १४६ औं, पाकिस्तान १२३ औं र माल्दिभ्स ११८ औं स्थानमा छन् । त्यस्तै श्रीलंका ९७ औं, भारत ८५ औं, भुटान २९ औं स्थानमा छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL