Logo

बिहानै बूढानीलकण्ठबाट ओलीसँग भेट्न भनेर निस्किएका थिए देउवा, निवासमा आगजनीपछि कहाँ छन् भन्नेमा सबैको चासो

बिहानै बूढानीलकण्ठबाट ओलीसँग भेट्न भनेर निस्किएका थिए देउवा, निवासमा आगजनीपछि कहाँ छन् भन्नेमा सबैको चासो



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहानै बूढानीलकण्ठ निवासबाट निस्किएका थिए । स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न भनेर निस्किएका थिए ।

बूढानीलकण्ठस्थित देउवाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । हाल देउवा कहाँ छन् भन्ने खुलेको छैन भने उनी कहाँ छन् भन्नेमा चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्