Logo

५ खर्बमा औद्योगिक विकास कोष स्थापना, प्राथमिकतामा ऊर्जा र यातायात, लगानी कस्को ?

५ खर्बमा औद्योगिक विकास कोष स्थापना, प्राथमिकतामा ऊर्जा र यातायात, लगानी कस्को ?


बिजखबर संवाददाता
0
Shares

काटमाठौं । उद्योग मन्त्रालयले औद्योगिक विकास कोष स्थापना गर्ने भएको छ । औद्योगिक क्षेत्रमा उपयुक्त वातावरण सृजना गरी ठुलो संख्यामा रहेका युवाहरुलाई सो क्षेत्रमा आकर्षित गर्ने सम्भावना समेतलाई मध्यनजर गरी उद्योग मन्त्रालयले सरकार, निजी क्षेत्र, गैह्र आवासीय नेपाली र सर्वसाधारणहरुको संयुक्त लगानीमा औद्योगिक विकास कोष स्थापना गर्ने अवधारणालाई अगाडी बढाएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए । साे काेषमा ५ खर्ब रूपैयाँ जम्मा गरिनेछ ।

उनका अनुसार सो कोषबाट यातायात, उर्जा, औद्योगिक क्षेत्र लगाएतका पूर्वाधारको निर्माण औद्योगिक क्षेत्रको क्षमता विकास, उद्यमशीलताको प्रवद्र्धन एवं प्रविधि हस्तान्तरणका माध्यमबाट देशमा औद्योगिकरण गरिनेछ । जसले गर्दा लगानी मैत्री वातावरण सृजना गरी मुलुकको आर्थिक विकासमा जनतालाई सहभागी गराई मुलुकको समग्र आर्थिक समृद्धि हासिल गर्न सघाउने उनको दाबी छ ।

नेपालमा विगत केही समय यता सुमधुर औद्योगिक सम्वन्ध, उर्जा आपूर्ति, औद्योगिक पूर्वाधार र औद्योगिक क्षेत्रमा गरिएका संस्थागत सुधारका कारण लगानी मैत्री वातावरण सुद्रिढ बन्दै गएको उद्योग क्षेत्रमा स्वदेशी एवं विदेशी लगानीकर्ताहरुको आकर्षण देखिन थालेको जोशीले बताए । उद्योग मन्त्रालयले सुरु गरेको दाश्रो पुस्ताको आर्थिक सुधारको अवधारण अनुरुप औद्यौगिक क्षेत्रको सुधारको निमित्त आवश्यक नीतिगत तथा संस्थागत सुधारहरुको थालनी गरी रोजगारी सृजनाको माध्यमबाट मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने कोषको ठूलो भुमिका हुने उनको भनाइ थियो ।

कोषको माध्यमबाट औद्योगिक प्रवद्र्धन तथा उद्यमशीलताको माध्यमबाट रोजगारी सिर्जना गर्ने, औद्योगिक प्रवद्र्धनको निमित्त लगानीमैत्री वातावरण सिर्जना गर्ने, समतामूलक एवं दिगो आर्थिक विकास हासिल गर्ने तथा औद्योगिक विकासको निमित्त आवश्यक पर्ने लगानी परिचालन गर्ने लक्ष्य लिइएको छ ।
सार्थ गैह्र आवासीय नेपाली, निजी क्षेत्र तथा सर्वसाधारणको लगानीमा कम्पनी ऐन २०६३ अनुसार कोष कम्पनी स्थापना गर्न एउटा निर्देशक समिति गठन गरि कार्य क्षेत्र समेत तोकिने उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL