Logo

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित, राष्ट्रिय गौरबका आयोजनालाई प्राथमिकता

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित, राष्ट्रिय गौरबका आयोजनालाई प्राथमिकता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७४/७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आवको नीति तथा कार्यक्रम पारित गरेको हो ।

मन्त्रिपरिषद्ले पारित गरेसँगै सो नीति तथा कार्यक्रमलाई आजै बेलुका राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गर्ने भएको छ । नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमभन्दा पनि राष्ट्रिय प्राथमिकताका ठूला परियोजनालाई समावेश गर्नुका साथै स्थानीय तहको निर्वाचन सम्पन्न र दैनिक कामका लागि बजेट छुट्याइने भएको छ ।

सरकारले ल्याउन लागेको आंशिक बजेट अन्तर्गत रहेर नै सरकारले सो नीति तथा कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमलाई जेठ ९ गते राष्ट्रपति भण्डारीले व्यवस्थापिका–संसदमा पेस गर्ने स्रोतले जानकारी दिएको छ ।

निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागेको खण्डमा नयाँ कार्यक्रम समाबेश नगरी बजेट ल्याउन निर्देशन दिएको थियो । सोही अनुसार सरकारले काम चलाउने बजेट ल्याउने भएको हो । साथै अर्थ मन्त्रालयले पनि सोही नीति तथा कार्यक्रममा आधारित रहेर बजेट निर्माण गरिने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL