Logo

अर्थतन्त्रमा चुनावको प्रभाव के ? यसो भन्छन् पूर्व अर्थमन्त्रीहरु !

अर्थतन्त्रमा चुनावको प्रभाव के ? यसो भन्छन् पूर्व अर्थमन्त्रीहरु !


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । स्थानीय नियकाको चुनावले बजारमा अर्बौं रुपैयाँ आएपनि त्यसले अर्थतन्त्रमा कुनै असर नपार्ने पूर्व अर्थमन्त्रीहरु बताउँछन् । चुनावले क्षणिक रुपमा बजारमा केही रकम आएपनि दिर्घकालिक रुपमा अर्थतन्त्रमा त्यसको योगदान नरहने उनीहरुको तर्क छ । चुनावको नाममा बजारमा जति रकम खर्च भएको छ त्यो खानपान, टिसर्ट, झण्डा, व्यानर र पेट्रोलियम पदार्थमा मात्र मात्र खर्च भएको छ । जसले गर्दा अर्थतन्त्रमा त्यसको प्रभाव नपर्ने उनीहरु बताउँछन् ।

चुनावले गर्दा बजारमा क्षणिक रुपमा पैसा आएपनि दिर्घकालिन रुपमा त्यसरी आएको रकमले कुनै प्रभाव नपार्ने पूर्व अर्थमन्त्री डा. रामशरण महत बताउँछन् । देशमा स्थानीय निकायको चुनावले पक्कै पनि आर्थिक गतिविधिहरु चलायमान हुनेछ । चुनावको लागि मात्र निर्वाचन आयोगले २० औं अर्ब रुपैयाँ खर्च गरेको छ तर, उक्त रकम उत्पादनसिल क्षेत्रमा नभई उपभोग्य बस्तुमा खर्च भएको उनको तर्क छ । तर, ४० देखि ५० हजार जनाले आंशिक रुपमा रोजगारी पाउँदा व्यक्तिगत रुपमा जिवनस्तर उकास्न भने सहयोग पुग्ने उनी बताउँछन् ।

चुनावमा उम्मेदवारहरुले पनि अर्बौ रुपैयाँ खर्च गरेका हुन्छन् । जुन रकम तत्लो तहसम्म पुगेको हुन्छ भने जनताको क्रय शक्ति बढाएको महत बताउँछन् । जसले गर्दा बजारमा ठूलो मात्रामा रकम आउने र अर्थतन्त्रलाई केही हदसम्म चलाएमान बनाउने उनको तर्क छ ।

तर, चुनावले ल्याएको आर्थिक गतिविधि केही समयलाई मात्र हुने उनको तर्क छ । ‘चुनावले गर्दा हुने आर्थिक चहलपहल र आर्थिक बृद्धि क्षणिक मात्र हो,’ उनले भने, ‘उत्पादन विना आर्थिक बृद्धि दिगो हुन सक्दैन ।’ यस अघिको २ वर्ष आर्थिक बृद्धिको आधार एकदमै न्युन भएकाले यस वर्ष स्वभाविक रुपमा बढ्ने समेत उनको तर्क थियो । यस पटक प्रतिकुल मौसम, लोडसेडिङ्को अन्त्य तथा उद्योग कलकारखाना नियमित रुपमा चल्न पाएकाले ७ प्रतिशतको आर्थिक बृद्धिदर सामान्य नै भएको उनको तर्क छ ।

चुनाबले बजारमा केही तरलता ल्याएपनि अर्थतन्त्रमा कुनै प्रभाव नपर्ने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन् । ‘चुनावको नाममा बजारमा अर्बौ रुपैयाँ आएकाले त्यसले बजारमा देखिएको तरलमा समाधानमा केही सहयोग पुर्याउला तर अर्थतन्त्रमा भने त्यसको प्रभाव पर्दैन,’ उनले भने, ‘तर स्थानीय निकायमा पाँच वर्षको स्थायी सरकार चुनिएकाले दिर्घकालिन रुपमा भने प्रभाव पर्ने उनको तर्क छ ।’

चुनावले टिसर्ट, झण्डा, व्यानर तथा पदिरा उद्योग र पोल्ट्री फर्मको व्यापारमा केही बृद्धि भएपनि अन्य क्षेत्रमा भने कुनै असर नपारेको उनको भनाइ छ । ‘चुनावको नाममा बजारमा जति रकम आयो त्यो लागानीको लागि आएको होइन,’ उनले भने, ‘सबै रकम खर्चमै सिमित भएकाले त्यसको अर्थतन्त्रमा प्रभाव रहँदैन ।’ अर्थतन्त्रमा प्रभाव पर्न लगानी नै आउनु पर्ने उनको तर्क छ ।

चुनावले अर्थतन्त्रमा सहयोग पुर्याउनुभन्दा पनि आयात बढाएर व्यापार घाटा बृद्धि गर्ने पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी बताउँछन् । ‘चुनावको प्रचारप्रसारमा उपयोग हुने सामग्री, भोजभतेर जुन रकम पूँजी निर्माणमा गएको छैन,’ उनले भने, ‘चुनावमा उपभोग्य बस्तुमा मात्र खर्च भएकाले यसले देशको अर्थतन्त्रमा कुनै सहयोग पुग्दैन ।’ पूँजीगत खर्च नभएसम्म देशको अर्थतन्त्रमा प्रभाव नपार्ने समेत उनको तर्क छ ।

तर, स्थानीय निकायको निर्वाचनले दिर्घकालिन रुपमा भने प्रभाव पार्ने उनको भनाइ छ । यस अघि विकास निर्माणको नाममा सर्बदलीय संयन्त्रले लुट मच्चाइरहेको र जनप्रतिनिधि चुनिएसँगै गाउँगाउँमा विकास निर्माणका कामले गति लिनु हुँदा दिर्घकालिन रुपमा ठूलो प्रभाव पर्ने उनको तर्क छ

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL