Logo

‘हवाइ चप्पल लगाउने हवाइजहाजमा उड्नेछन्’, मोदीले सुरु गरे सस्तो ‘उडान’ अभियान

‘हवाइ चप्पल लगाउने हवाइजहाजमा उड्नेछन्’, मोदीले सुरु गरे सस्तो ‘उडान’ अभियान


बिजखबर संवाददाता
0
Shares

भरतभित्र क्षेत्रीय उडानलाई प्राथमिकतामा राख्दै ‘देशका सबै नागरिक उड्नेछन्’ भन्ने नारासहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहि बिहिबार ‘उडान’ नामक अभियानको उद्घाटन गरेका छन् । सो अभियानलाई उद्घाटन गर्दै मोदीले भने ‘हवाइ चप्पल लगाउने जनताले हवाइ जहाज चढेको म देख्न चाहान्छु’ ।

हवाइ सेवाको पहुँचमा नरहेकाा जनताका लागि यो उडान अभियान सञ्चालनमा ल्याइएको हो । क्षेत्रीय उडान प्रवद्र्धनका लागि ल्याइएको यो विश्वकै फरक र एक मात्र उडान अभियान हो । यो अभियानले भारतभित्रका ७० ओटा विमानस्थललाई जोड्ने लक्ष्य राखेको छ । मोदीले उद्घाटन गरेका दिन पहिलो उडान दिल्लीदेखि सिम्लाका लागि भएको थियो ।

उडान अभियान अन्तर्गत ५ सय किलोमिटर उडानका लागि अधिकतम टिकटदर २ हजार ५ सय भारु भित्र सिमित राखिएको छ । यो भनेको हेलिकप्टरमा हुने आधा घण्टाको उडान बराबर हो । प्रत्येक उडानमा ५० प्रतिशत सिट बढीमा २ हजार ५ सय भारुमा बुकिङ् गर्न सकिने व्यवस्था यसमा गरिएको छ । अभियानकै सुरुवातको दिन सिम्ला उडान गरेको ४२ सिटे एयर इण्डियाको जहाजका आधा टिकट २ हजार ३६ भारुमा बिक्रि भएका थिए । मतलब २४ सिट टिकटको बिक्रि अभियान अन्तर्गतको छुट अनुसार नै भएका थिए भने बाँकी बजार मुल्य अनुसार नै ।

उडान अभियान अन्तर्गत २० ओटा राज्य र युनियनसहितका पन्जाब, उत्तर प्रदेश, मध्य प्रदेशक, महाराष्ट्र, आन्ध्र प्रदेश, गुजरात, हिमाञ्चल प्रदेश, कर्नाटक, तमिलनाडु र पुडुचेरीमा सेवा उपलब्ध हुनेछ । अभियान अन्तर्गतका उडान भने चरण चरणमा हुनेछन् । दोस्रो उडान मुम्बइदेखि नन्डेड क्षेत्रमा हुनेछ । सम्बन्धित एयरलाइन्सका वेबसाइट, यात्रा डटकम तथा मेकमाइट्रिप डटकम जस्ता भेण्डरबाट पनि टिकट लिन सकिनेछ ।

७० ओटा बिमानस्थलका १ सय २८ ओटा रुटका लागि एलाइन्स एयर, एयर डेक्कन, स्पाइस जेट, एयर ओडिसा र टु जेट्सले बोलपत्र हात पारेका छन् । ७० ओटा विमानस्थलमध्य ३१ ओटामा अहिलेसम्म उडान भएको छैन भने १२ ओटामा पनि कहिलेकाहीं मात्र उडान हुने गर्छ । उडान अभियान सुरु भएपछि भारतीय उडान क्षेत्रले नयाँ परिवर्तनलाई स्वागत गर्नेछ ।

(फाइनान्सियल एक्सपे्रसबाट साभार)

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL