Logo

आजदेखि एनालग केबल टेलिभिजनको लाइसेन्स बन्द

आजदेखि एनालग केबल टेलिभिजनको लाइसेन्स बन्द


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले शुक्रबारदेखि काठमाडौंसहित ललितपुर, पोखरा, विराटनगर र वीरगञ्जमा एलानगल प्रविधिमा आधारीत केबल नेटवर्कको लाइसन्स बन्द गरेको छ । पुरानो प्रविधिको एनालग टेलिभिजन च्यानललाई विस्थापित गर्ने लक्ष्यसहित सुचना तथा सञ्चार मन्त्रालयले आजदेखि यी क्षेत्रमा लाइसन्स बन्द गरेको हो ।

अन्र्तराष्ट्रिय दुरसञ्चार युनियन(आइटीयू)को निर्देशन बमोजिम सबै एनालग टेलिभिजन सेवा प्रदायकलाई डिजिटल सेवामा रुपान्तरण गर्ने पहिलो चरण अन्तर्गत यस्तो काम सुरु गरिएको मन्त्रालयले जनाएको छ । अब यी क्षेत्रमा एनालग केबल नेटवर्कको लाइसन्स पाइनेछैन ।

एनालग नेटवर्कको लाइसन्स बन्द भएपनि केबलमार्फत टेलिभिजन हेरिरहेका च्यानल तत्काल बन्द भने हुने छैनन् । मन्त्रालयका अनुसार पहिलो चरणमा लाइसन्स मात्र बन्द गरिएकोले च्यानलले बन्द हुने छैन । सबै प्रणाली डिजिटलमा रुपान्तरण भइसके पछि मात्र अहिले परम्परागत प्रणालीमा केबल टेलिभिजन हेरिरहेका दर्शकले सेट अप बक्स राखेर मात्र टेलिभिजन हेर्न सक्नेछन् ।

मन्त्रालय पहिलो चरणमा लागु गरेका क्षेत्रमा एनालग प्रणालीको हेडइण्ड भएका एनालग केबललाई सिग्नल वितरण नगर्न वितरकहरुलाई अनुरोध गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL