Logo

आगामी आवको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको, पुँजीगतर्फ ४ खर्ब ७ अर्ब विनियोजन

आगामी आवको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको, पुँजीगतर्फ ४ खर्ब ७ अर्ब विनियोजन



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त बजेट प्रस्तुत गरेका हुन् । उनका अनुसार विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

यो खर्चमध्ये १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वमार्फत्, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करो र वैदेशिक ऋणमार्फत् २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ जुटाउने लक्ष्य सरकारको छ । बाँकी ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएर बजेट बजेट घाटा पूर्ति गरिने अर्थमन्त्री पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्