Logo

एक बर्षको व्यापारघाटा १४ खर्ब ४० अर्ब माथि, १५ खर्ब ९२ अर्बको सामान भित्रिँदा डेढ खर्बको बाहिरियो

एक बर्षको व्यापारघाटा १४ खर्ब ४० अर्ब माथि, १५ खर्ब ९२ अर्बको सामान भित्रिँदा डेढ खर्बको बाहिरियो



काठमाडौं । गएको आर्थिक बर्ष २०८०/८१ मा नेपालले १५ खर्ब ९२ अर्ब बढीको मालवस्तु आयात गरेको छ । स्वदेशमा खपतका लागि नेपालले गत आर्थिक बर्षभरी १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । यो अघिल्लो आवको तुलनामा १.१६ प्रतिशतले कम हो ।

यस्तै यसै अवधिमा नेपालबाट भने जम्मा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो अघिल्लो आवको यहि अवधिको तुलनामा ३.०३ प्रतिशतले कम हो । अर्थात एक बर्षमै नेपालको निर्यात व्यापार ३ प्रतिशतले ओरालो लागेको हो ।

यसरी निर्यात ओरालो लागेर १ खर्ब ५२ अर्ब रुपैयाँमा सीमित हुँदा नेपालले व्यहोर्ने व्यापारघाटा पनि १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This