Logo

वैज्ञानिकहरूले बनाए आफै नष्ट हुने प्लास्टिक, सन २०४० सम्ममा ४५ खर्ब डलर जोगिने

वैज्ञानिकहरूले बनाए आफै नष्ट हुने प्लास्टिक, सन २०४० सम्ममा ४५ खर्ब डलर जोगिने



काठमाडौं । अमेरिकी वैज्ञानिकहरूले आफैं नष्ट हुर्ने नयाँ प्रकारको प्लास्टिक विकास गरेका छन् । उनीहरुले पोलियुरेथेन प्लाष्टिकमा ब्याक्टेरिया मिसाएका छन् । यो ब्याक्टेरियाले प्लास्टिक खान्छ र प्लास्टिक आफै नष्ट हुन्छ ।

laxmi

प्रतिष्ठित विज्ञान पत्रिका नेचर कम्युनिकेसनमा प्रकाशित अनुसन्धानमा यो प्लास्टिकको वर्णन गरिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार यो प्लाष्टिकमा मिसिएको ब्याक्टेरिया प्लाष्टिक प्रयोगमा रहुन्जेल निष्क्रिय रहन्छ । तर फोहोरमा रहेका तत्वहरूसँग सम्पर्कमा आएपछि यो सक्रिय हुन्छ र प्लास्टिक खान थाल्छ ।

प्रदूषण कम गर्न मद्दत

क्यालिफोर्निया विश्वविद्यालय, स्यान डिएगोका वैज्ञानिक हान सोल किम भन्छन् कि यो खोज ‘प्रकृतिमा प्लास्टिक प्रदूषण कम गर्न’ मा सहयोगी साबित हुनेछ भन्ने आशा छ । अनुसन्धानमा संलग्न अर्का वैज्ञानिक जोन पोकोर्स्कीले बीबीसीलाई भने– ‘हाम्रो प्रक्रियाले यसको जीवनकाल बढाउँछ । र जब त्यो पूरा हुन्छ, हामी यसलाई वातावरणबाट बाहिर निकाल्न सक्छौं, चाहे यसलाई जुनसुकै तरिकाले फ्याँकिए पनि ।’ प्लास्टिक प्रदूषण विश्वमा एक धेरै गम्भीर समस्या हो ।

पृथ्वीमा हरेक वर्ष ३५ करोड टन प्लास्टिकको फोहोर बढ्दै गएको छ । यो फोहोर हावामा मात्र नभई खानामा समेत पुगेर स्वास्थ्यका लागि खतरा बनेको छ । माइक्रोप्लास्टिकको रुपमा पिउने पानीबाट पनि शरीरमा प्रवेश गरिरहेको छ । सन २०२१ मा, अन्वेषकहरूले गर्भमा रहेको बच्चाको नाभीमा माइक्रोप्लास्टिक फेला पारे र भ्रुणको विकासमा हुने सम्भावित नतिजाहरूमा ‘ठूलो चिन्ता’ व्यक्त गरे ।

समस्या हो प्लास्टिक

संयुक्त राष्ट्रसंघीय संगठन यूएनईपीको प्रतिवेदनअनुसार राम्रो योजनाका साथ काम गर्ने हो भने प्लाष्टिकबाट टाढिएर सन २०४० को अन्त्यसम्ममा विश्वले ४५०० अर्ब डलर बचत गर्न सक्छ । यसमा एकल–प्रयोग प्लास्टिक उत्पादन नगर्दा जोगिन खर्चहरू पनि समावेश छन् । अहिले सबैभन्दा बढी रकम प्लाष्टिकका कारण स्वास्थ्य र वातावरणमा हुने हानिमा खर्च भइरहेको छ ।

अमेरिकी वैज्ञानिकहरूले विकास गरेको नयाँ प्रकारको प्लास्टिक हाल प्रयोगशालामा छ तर, केही वर्षभित्रै यो दैनिक प्रयोगका लागि तयार हुन सक्छ । यस प्लास्टिकमा मिसिएको ब्याक्टेरियालाई ब्यासिलस सब्टिलिस भनिन्छ । यो ब्याक्टेरियालाई खानामा प्रोबायोटिकको रूपमा व्यापक रूपमा प्रयोग गरिन्छ । तर यो ब्याक्टेरिया यसको प्राकृतिक रूपमा प्लास्टिकसंग मिसिन सक्दैन । यसका लागि जेनेटिक इन्जिनियरिङको सहयोगमा प्लास्टिक बनाउन आवश्यक अत्यधिक तापक्रम सहन सक्ने गरी तयार गर्नुपर्छ ।

वैकल्पिक प्लास्टिक

बायोडिग्रेडेबल प्लाष्टिकको बारेमा विगत केही वर्षदेखि चर्चा बढेको छ । यसका लागि धेरै वैज्ञानिकहरू काम गरिरहेका छन् । सन् २०१६ देखि यस विषयमा धेरै अनुसन्धानहरु बाहिर आएका छन् । २०२१ मा, म्यानचेस्टर विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले जेनेटिक इन्जिनियरिङको सहयोगमा ब्याक्टेरियालाई प्लास्टिक बनाउने प्रक्रियाको तापक्रम सहन सक्ने बनाउन सफल भएका थिए ।

सामान्य रूपमा उपलब्ध प्लास्टिक हटाउन गाह्रो छ किनभने यसको रासायनिक प्रकृति अत्यन्त जटिल छ । यो धेरै साना अणुहरू मिलेर बनेको हुन्छ, जसलाई मोनोमर भनिन्छ । यी मोनोमरहरू धेरै बलियो पोलिमरहरू बनाउन एकसाथ जोडिन्छन् ।

तर, यसको सट्टा प्लाष्टिकको प्रयोग घटाउनमा जोड दिनुपर्नेमा धेरै विज्ञहरू बताउँछन् । तर एक अनुमानअनुसार सन् २०५० सम्ममा प्लास्टिकको प्रयोग तेब्बर हुने सम्भावना छ । यस कारणले गर्दा, प्लास्टिक पुनः प्रयोग गर्ने प्रयासहरू धेरै सफल हुन सकेका छैनन् । त्यसकारण, धेरै वैज्ञानिकहरू विश्वास गर्छन् कि आफैं नष्ट हुने प्लास्टिक प्रदूषण कम गर्न अझ प्रभावकारी साबित हुन सक्छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL