Logo

संसारकै सबैभन्दा सफा १० मध्ये एकै देशका चार एयरपोर्ट, उत्कृष्ट एयरपोर्टमा एसियाको वर्चश्व

संसारकै सबैभन्दा सफा १० मध्ये एकै देशका चार एयरपोर्ट, उत्कृष्ट एयरपोर्टमा एसियाको वर्चश्व



काठमाडौं । जापानको नाम आउँदा मनमा त्यहाँको बुलेट ट्रेनको तस्विर आउँछ । तर के तपाईलाई थाहा छ विश्वका १० सफा एयरपोर्टमध्ये चार जापानमा छन् । भर्खरै सार्वजनिक गरिएको स्काईट्रयाक्स रिपोर्टका अनुसार विश्वका उत्कृष्ट १० सफा एयरपोर्टको सूचीमा भारत, चीन, अमेरिका, बेलायत, जर्मनी र फ्रान्स जस्ता देशको एउटा पनि विमानस्थल छैन ।

laxmi

कतारको राजधानी दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै उत्कृष्ट विमानस्थलको सूचीमा पहिलो नम्बरमा छ । तर सरसफाईको हिसाबले हमाद चौथो स्थानमा छ । त्यस्तै, उत्कृष्ट विमानस्थलको सूचीमा दोस्रो स्थानमा रहेको सिंगापुरको चाङ्गी विमानस्थल सरसफाइको हिसाबले तेस्रो स्थानमा छ ।

स्काईट्रयाक्सका अनुसार विश्वको सबैभन्दा सफा एयरपोर्ट जापानको राजधानी टोकियोको हानेडा एयरपोर्ट हो । यो टोकियोका दुई अन्तर्राष्ट्रिय विमानस्थलहरू मध्ये एक हो र यसलाई विश्वको सबैभन्दा पुरानो विमानस्थलमध्ये एक मानिन्छ । यो अगस्त २५, १९३१ मा खोलिएको थियो । यो जापानका धेरै एयरलाइन कम्पनीहरूको हब र सञ्चालन आधार बिमानस्थल हो । यो सूचीमा दक्षिण कोरियाको सियोल इन्चोन एयरपोर्ट दोस्रो स्थानमा छ । सिंगापुरको चाङ्गी विमानस्थल तेस्रो र दोहाको हमाद विमानस्थल चौथो स्थानमा छ ।

पाँचौं स्थानमा जापानको सेन्ट्रेयर नागोया, छैटौंमा टोकियोको नारिता र सातौंमा जापानको कान्साई विमानस्थल रहेको छ । यसरी हेर्दा शीर्ष १० सफा एयरपोर्टमध्ये चार जापानका छन् । यो सूचीमा हङकङ विमानस्थल सातौं, ताइवानको ताओयुवान आठौं र स्विजरल्याण्डको जुरिच विमानस्थल दशौं स्थानमा छ ।

स्काईट्रयाक्स वल्र्ड एयरपोर्ट अवार्डलाई एयरपोर्ट उद्योगको ओस्कार भनिन्छ । यसले हालै विश्वका उत्कृष्ट विमानस्थलको सूची सार्वजनिक गरेको छ । जसमा एसियाका विमानस्थल शीर्ष पाँचमा रहेका छन् । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पहिलो, सिंगापुरको चाङ्गी विमानस्थल दोस्रो, दक्षिण कोरियाको सियोल इन्चियोन विमानस्थल तेस्रो, टोकियोको हानेडा चौथो र नारिता पाँचौँ स्थानमा छन् ।

भारतका चार एयरपोर्ट दिल्ली, मुम्बई, बैंगलोर र हैदरावादले शीर्ष १०० मा परेका छन् । हङकङ एयरपोर्ट २२ स्थानको उछालले ११ औं स्थानमा पुगेको छ । चाखलाग्दो कुरा के छ भने, अमेरिकाको एउटा पनि एयरपोर्ट शीर्ष २० मा परेको छैन । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL