Logo

चालु आवमा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण, विद्युत निर्यातले अर्थतन्त्रमा सुधार

चालु आवमा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण, विद्युत निर्यातले अर्थतन्त्रमा सुधार



काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ मा नेपालका आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्वबैंकले प्रक्षेपण गरेको छ । मंगलबार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्वबैंकले पर्यटन क्षेत्रमा उत्साह र विद्युत निर्यात उच्च भएपछि नेपालको आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको हो ।

laxmi

यसै अवधिमा बढेको रेमिट्यान्स आप्रवाहका कारण नेपालमा मागको आकार पनि बढ्ने भएपनि वस्तु व्यापारमा पनि वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार आगामी आर्थिक बर्ष भने नेपालले ४.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने देखिन्छ ।

तर, नेपालका प्रमुख रेमिट्यान्स बजारहरु भारत, मलेसियालगायतका खाडी मुलुकहरुको आर्थिक वृद्धिदर ऋणात्मक हुँदा नेपालको रेमिट्यान्स आप्रवाहमा भने केहि असर पर्ने प्रतिवेदनमा उल्लेख छ । यसका लागि नेपालमा लगानीको वातावरण निर्माण गरी थप लगानी भित्र्याउन लागिपर्नुपर्ने विश्वबैंकको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL