Logo

बजेटको सिलिङ तोक्ने तयारीमा योजना आयोग, चालु आवकोभन्दा २५ प्रतिशत बढ्ने

बजेटको सिलिङ तोक्ने तयारीमा योजना आयोग, चालु आवकोभन्दा २५ प्रतिशत बढ्ने



काठमाडौं । योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि बजेट सिलिङ तोक्ने तयारी गरको छ । आयोगले आगामी आर्थिक वर्षको लागि चालु आर्थिक वर्षको तुलनामा २५ प्रतिशत बजेट बढाएर तोक्ने तयारी गरेको हो ।

laxmi

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि ल्याउन लागेको बजेट उपर प्रस्ताव योजना आयोगमा पठाइसकेका छन । उक्त प्रस्ताव माथि आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा बसेको स्रोत समितिको बैठकमा प्रारम्भिक छलफल भएको आयोग श्रोतले बतायो ।

अर्थ र राष्ट्र बैंकले आगामी आर्थिक बर्षका लागि १८ अर्बको बजेट बनाउँदा उपयुक्त हुने प्रस्ताव पठाएको श्रोतले जानकारी दिएको छ । सरकारले चालु आर्थिक बर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो।

चालु आवको बजेटमा २५ प्रतिशतले थपेर आगामी आवको बजेट ल्याउन सकिनेबारे योजना आयोगमा छलफल चलिरहेको छ । तर त्यस्तो थपिएको बजेट भने पुँजीगत खर्चका लागि मात्रै विनियोजन हुनुपर्ने सर्त अघि सार्ने तयारी आयोगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL