Logo

सन् २०५० सम्ममा तीन अर्ब मानिसले पिउने पानी नपाउने, यस्तो छ नयाँ अध्ययनको निष्कर्ष

सन् २०५० सम्ममा तीन अर्ब मानिसले पिउने पानी नपाउने, यस्तो छ नयाँ अध्ययनको निष्कर्ष



स्थिति छिट्टै परिवर्तन भएन भने सन् २०५० सम्ममा तीन अर्ब जनता खानेपानीको लागि संघर्षरत हुनेछन् । हालै संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा यस्तो चेतावनी दिइएको हो ।

laxmi

काठमाडौं । यस शताब्दीको मध्यसम्ममा विश्वमा करिब तीन अर्ब मानिसले सफा पिउने पानी पाउने छैनन् । अनुसन्धानकर्ताहरूले विस्तृत अध्ययनपछि यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरुका अनुसार सो समयमसम्म नदीहरू यति प्रदूषित भइसकेका हुनसक्छन् कि तिनीहरूको पानी मानव र वन्यजन्तुका लागि ‘असुरक्षित’ हुनसक्छ ।

जलवायु विज्ञानमा काम गर्ने संयुक्त राष्ट्रसंघीय समितिले मंगलबार जारी गरेको प्रतिवेदनमा विश्वको झण्डै आधा जनसंख्याले वर्षमा कम्तीमा एक महिना पानीको संकटको सामना गर्नुपर्ने बताएको छ । प्रतिवेदनका अनुसार बढ्दो माग र ग्लोबल वार्मिङ विश्वव्यापी रूपमा पानी आपूर्तिमा सबैभन्दा ठूलो चुनौती हो ।

प्रदूषण ठूलो समस्या

अर्कोतर्फ जर्मनी र नेदरल्याण्डका वैज्ञानिकहरूले पानीको अभाव हुने क्षेत्रमा नाइट्रोजन प्रदूषण ठूलो समस्या भएको पत्ता लगाएका छन् । वेनिङ्ङ युनिभर्सिटी एन्ड रिसर्चले गरेको अध्ययनका प्रमुख अनुसन्धानकर्ता मेन्ग्रु वाङ भन्छन्, ‘सामान्यतया मानिसहरू पर्याप्त पानी उपलब्ध छ कि छैन भन्दा पनि पानीको अभावमा बढी चिन्तित हुन्छन् । तर हामीले पानी प्रदुषण दिनानुदिन बढ्दो समस्या भएको पत्ता लगायौं । जुन प्रकृति र मानवका लागि असुरक्षित बन्दै गएको छ ।’

मानवीय क्रियाकलापका कारण नाइट्रोजन, रसायन र प्लाष्टिकले जलस्रोतलाई ठूलो मात्रामा प्रदूषित गरिरहेको छ । विशेषगरी कृषिमा प्रयोग हुने मलले पानीको स्रोतमा शैवाल जम्मा गर्छ, जसले जलीय जीवनलाई हानि मात्र गर्दैन, पानीको गुणस्तरमा पनि असर गर्छ ।

प्रदूषणको मात्रा दोब्बर

नयाँ अध्ययन नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित भएको छ । यस अध्ययनले विश्वभरका नदीहरूको मूल्यांकन गरेको छ, जुन शहरी जनसंख्या र आर्थिक गतिविधिका लागि पानीको मुख्य स्रोत हो ।

यस अनुसन्धानका लेखकहरूले कम्प्युटर मोडलिङ प्रयोग गरेका छन् । उनीहरूले उप–बेसिन भनिने नदी बेसिनका साना एकाइहरूले २०१० मा अनुमान गरेभन्दा दोब्बर ठूलो पानीको अभावको सामना गरिरहेका छन् र भविष्यमा स्थिति अझ खराब हुने सम्भावना रहेको पत्ता लगाए । नाइट्रोजन प्रदुषणको आधारमा मूल्याङ्कन गर्दा २०१० मा दुई हजार ५१७ उपबेसिनमा खानेपानीको अभाव रहेको पाइएको थियो । परम्परागत माध्यमबाट गरिएको अनुमान अनुसार यो संख्या ९८४ मात्र थियो ।

वैज्ञानिकहरुका अनुसार सन् २०५० सम्ममा यो संख्या ३,०६१ पुग्न सक्छ, जसले ६.८ देखि ७.८ बिलियन मानिसलाई असर गर्न सक्छ । यो संख्या पहिलेको अनुमानभन्दा करिब तीन अर्ब बढी हो ।

केही आशा छ, तर…

अनुसन्धानका सह–लेखक बेन्जामिन बोडिर्स्की पोट्सडम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चका वरिष्ठ वैज्ञानिक हुन् । उनी भन्छिन् कि तीन फरक परिदृश्यहरूको मोडलिङ मूल्याङ्कनले पत्ता लगायो कि “हामीसँग अझै विकल्पहरू छन् र परिस्थितिलाई अझ राम्रो बनाउन सक्छौं ।’

तर, बोडिर्स्कीले यो पनि भनिन कि यदि सबैभन्दा सकारात्मक परिदृश्यलाई मानिन्छ भन, नाइट्रोजन प्रदूषण अझै धेरै उच्चस्तरमा रहनेछ । बोडिर्स्की भन्छन्, ‘पानीको अवस्था बिग्रनबाट रोक्न सकिन्छ । अझ प्रभावकारी मलको प्रयोग गरेर, शाकाहारलाई प्रोत्साहन गरेर र विश्वका अधिकांश जनसंख्यालाई जलस्रोत उपलब्ध गराएर केही हदसम्म सुधार गर्न सकिन्छ ।’ अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL