Logo

बढी कर तिर्नेमा सुर्य नेपालको निरन्तरता, बैंकतर्फ ग्लोबल आईएमई र व्यापारमा भाटभटेनी

बढी कर तिर्नेमा सुर्य नेपालको निरन्तरता, बैंकतर्फ ग्लोबल आईएमई र व्यापारमा भाटभटेनी



काठमाडौं । सरकारले धेरै कर दाखिला गर्ने १६ करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन कार्यक्रममा विभिन्न १६ करदातालाई सम्मान गरिएको हो । यो बर्ष भने सरकारलाई बढी कर तिर्ने कम्पनीको पहिलो सूचीमा सुर्य नेपाल पर्न सफल भएको छ । सुर्य नेपालले विभिन्न २ शिर्षकमा धेरै कर तिरेको हो । कम्पनी समयमै कर दाखिला गर्ने कम्पनी पनि बनेको छ ।

laxmi

धेरै आयकर तिर्ने तर्फ भने नेपाल दुरसंचार कम्पनी लिमिटेड रहेको छ। यस्तै धेरै निर्यात गर्नेमा डाबर नेपाल प्राली पुरस्कृत भएको छ। विशेष उद्योगतर्फ धेरै कर दाखिला गर्ने एशियन पेन्ट्स बनेको छ । बैंकतर्फ धेरै कर तिर्ने ग्लोबल आइएमइ बैंक रहेको । कृषि फर्म तर्फ ओसीबि फिड एन्ड फिड्स प्राली रहेको छ।

सहकारीतर्फ छिमेक लघुबित्त रहेको छ भने शिक्षा तर्फ नोभेल शिक्षण अस्पताल परेको छ। यता बिमातर्फ एलाआइसी नेपालले धेरै कर तिरेको छ ।

पर्यटनतर्फ मनकामना केवकार, बस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज रहेको छ।

उर्जातर्फ भोटेकोशी उर्जा कम्पनी, रेमिटेन्सतर्फ आइएमी रेमिटान्स कम्पनीले सबैभन्दा धेरै कर तिरेको हो । कम्पनीबाट हेमराज ढकाल सम्मानित भएका छन् ।

व्यक्तिगत आयकर तर्फ बिजय कुमार शाह रहेका छन् । कार्यक्रममा बोल्दै सुर्य नेपालका रवि केसीले करको दरभन्दा पनि दायरा बढाउन सके राजस्वमा सहयोग पुग्ने बताए । उनले दर भन्दा दायरा बढाउन सुझाव दिए । ठुला कर दाताले सिंहदरबार प्रवेश गर्न नपाउने गरेको गुनासो गर्दै सिंहदरबार प्रवेश गर्ने पासको ब्यवस्था गर्नसमेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL