Logo

क्रिकेट विश्वकपले भारतीय अर्थतन्त्रलाई टेवा, २.२ बिलियन डलरको वृद्धि अनुमान

क्रिकेट विश्वकपले भारतीय अर्थतन्त्रलाई टेवा, २.२ बिलियन डलरको वृद्धि अनुमान



काठमाडौं । भारतमा क्रिकेट खेल नभई उत्सव बनेको छ । विश्वकप क्रिकेट प्रतियोगिता २०२३ अक्टोबर ५ बाट सुरु भएसँगै भारतमा उत्सवको माहोल छ । भारतमा विश्वकप क्रिकेटले जनतामा उत्साहमात्र हैन् भारतको जीडीपीमा ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ । यसको झलक पनि देखिएको छ । भारतीय अर्थशास्त्रीहरूले यस सम्बन्धमा एक अध्ययन रिपोर्ट जारी गरेका छन् । क्रिकेट विश्वकप २०२३ को आयोजनाले भारतको कुल गार्हस्थ उत्पादनमा करिब २२० अर्ब डलर अर्थात २२ हजार करोड भारतीय रुपैयाँ वृद्धि हुने अनुमान गरिएको छ ।

laxmi

उड्डयन, आतिथ्यदेखि मिडिया उद्योगमा लाभ

१२ वर्षपछि भारतमा क्रिकेट विश्वकप फर्किएको हो । योसँगै भारतले एक्लै विश्वकप आयोजना गरेको यो पहिलोपटक हो । विश्वकप खेलप्रेमीहरूका लागि पर्वभन्दा कम नभए पनि विश्वकप आयोजनाले भारतीय अर्थतन्त्रलाई पनि फाइदा पुग्ने अपेक्षा छ । विश्वकप आयोजनाबाट उड्डयन उद्योग, आतिथ्य क्षेत्र, होटल, खाद्य उद्योग, डेलिभरी सेवालाई फाइदा हुने अपेक्षा गरिएको छ ।

यस महिनाको सुरुमा, अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा क्रिकेट विश्वकपको पहिलो खेल खेलिएको थियो, जसको लागि ठूलो उत्साह देखिएको थियो । यसपछि गत शनिबार अहमदाबादमा भारत र पाकिस्तानबीचको खेलको दिनमा निकै उत्साह देखिएको थियो । हरेक चार वर्षमा आयोजना हुने क्रिकेट विश्वकप नोभेम्बरको मध्यसम्म ४५ दिनसम्म चल्नेछ, जसमा १० सहरमा ४८ खेल हुनेछन् । यस्तो अवस्थामा यो ठूलो कार्यक्रमले देशको आर्थिक गतिविधिलाई ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको भीड

क्रिकेट खेल हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरु हरेक सहरमा ठुलो मात्रामा पुगेका छन् । यसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने पर्यटन उद्योगसँग सम्बन्धित व्यक्तिहरुको भनाइ छ । ट्राभल एजेन्ट्स फेडेरेसन अफ इन्डिया (टाफी) का उपाध्यक्ष अनिल कलसीले भने–खेल प्रशंसकहरु खेल हेर्नमात्रै कुनैपनि सहर नपुग्ने, थप डेढ दिन बसेर सो सहरका पर्यटकीय स्थलको भ्रमण गन, त्यहाँ केहि चीजहरू किन्ने, त्यो शहरमा सवारी साधन प्रयोग गर्नेछन । यसले त्यो सहरको आतिथ्य उद्योगलाई नयाँ जीवन दिनेछ ।’

अर्थशास्त्रीहरूले पनि प्रतियोगिताको कुल दर्शकले २०१९ मा हेरेको ५५२ मिलियन दर्शकहरूको रेकर्ड पार गर्ने अपेक्षा गरिएको छ । टिकट बिक्रीबाट मात्रैे रु १०५ अर्बदेखि १२० अर्ब रुपैयाँसम्म आम्दानी गर्न सक्ने अर्थविद्हरू बताउँछन् ।

सरकारको कर संकलन पनि बढ्ने

यस खेलबाट सरकारलाई कर राजस्वको हिसाबले पनि धेरै फाइदा हुनेछ । यस खेलको दौरान १० सेकेन्डको टिभी कमर्शियलको लागत ३० लाख रुपैयाँ छ । अर्थात् एक सेकेण्डको लागत तीन लाख रुपैयाँ पर्छ । यसमा सरकारले जीएसटी पनि पाउनेछ । होटल बुकिङ, खाना र पेय पदार्थ, ट्याक्सी बुकिङ, किनमेल, यी सबै सरकारलाई अप्रत्यक्ष कर हुनेछ ।

उड्डयन उद्योगबाट फाइदा

यद्यपि अहिले चाडपर्व चलिरहेको छ । यस्तो अवस्थामा यात्रा बढ्छ, त्यसैले हवाइजहाज पूर्ण क्षमतामा उड्छन् । अहिले क्रिकेट खेल चलिरहेको छ । उक्त खेल हेर्न सर्वसाधारणले हवाईजहाज पनि प्रयोग गर्नेछन् । जसले गर्दा हवाई उद्योगलाई फाइदा हुनेछ । विशेषगरी क्रिकेट खेल हुने सहरमा उडानको भाडा बढेको छ । यो अवधिमा चार्टर्ड उडानको माग पनि बढेको छ । चार्टर्ड उडानको आवतजावत बढेसँगै विमानस्थलको आम्दानी पनि बढेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL