Logo

इतिहासमा १४ पटक ‘शटडाउन’ : यसपटक यसरी टर्यो विश्वकै ठूलो अर्थतन्त्रमा बन्दको खतरा

इतिहासमा १४ पटक ‘शटडाउन’ : यसपटक यसरी टर्यो विश्वकै ठूलो अर्थतन्त्रमा बन्दको खतरा



काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा शटडाउन (बन्द)को खतरा टरेको छ । आज अर्थात अक्टोबर १ गतेदेखि बन्द हुने सम्भावना देखिपनि अमेरिकामा ढिलोगरि शटडाउन रोक्न विधेयक पारित भएको छ । संसदले ४५ दिने कोष विधेयक पारित गरेसँगै बन्दको खतरा झण्डै टरेको छ । बन्द भएको भए सरकारी सेवा ठप्प हुने थियो र कर्मचारीको तलब जोखिममा पर्ने थियो ।
हुन त अमेरिकामा शटडाउन अर्थात बन्दको विषय नौलो होइन । अमेरिकाको इतिहासमा सन् १९८१ देखि अमेरिकामा १४ वटा शटडाउन भइसकेका छन् । यद्यपि केही एक वा दुई दिन मात्रै चलेका छन् । तर, यसअघि सन् २०१८ को डिसेम्बरदेखि २०१९ जनवरीसम्म ३४ दिनसम्म सीमा सुरक्षाको समस्याका कारण बन्द गरिएको थियो ।

laxmi

यसरी टर्यो यसपटक शटडाउन

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स र माथिल्लो सदन सिनेटले संघीय सरकारलाई ४५ दिनको कोषका लागि पेश गरेको विधेयकलाई अनुमोदन गरेका छन् । प्रतिनिधि सभाले ३३१–९१ को मतले सम्झौता कोष मापन विधेयक पारित गर्यो । विधेयक सिनेटबाट स्वीकृत भएपछि नोभेम्बरको मध्य अर्थात १७ तारिखसम्म बन्दको खतरा टरेको छ । अहिले स्वीकृत भएको कोषमा विपद्को समयमा राहतका लागि १६ अर्ब डलर दिइएको छ । यद्यपि, यसमा युक्रेनलाई दिइने सहायता समावेश छैन ।

सेप्टेम्बर ३० मा सरकारी कोषसम्बन्धी विधेयक पारित नभएको भए अमेरिका ठप्प हुने थियो । धेरै अमेरिकी सरकारी सेवाहरू निलम्बित हुने थिए । यसले लाखौं सरकारी कर्मचारीको तलब जोखिममा पर्न सक्ने थियो छ । यदिअमेरिकामा शटडृन भएको भए ठूलो आर्थिक संकट सामना गर्नुपर्ने अवस्था थियो । वास्तवमा, अमेरिकाको अर्थतन्त्र धेरै देशहरूसँग जोडिएको छ, त्यसैले यसको प्रभाव अमेरिकामा मात्र नभई विश्वभरका देशहरूमा देख्न सकिन्छ ।

के हो शटडाउनको मुद्दा ?

अमेरिकी संघीय सरकारमा प्रत्येक आर्थिक वर्ष, कांग्रेसले ४३८ सरकारी एजेन्सीहरूको लागि कोष विनियोजन गर्दछ । यो आर्थिक वर्ष ३० सेप्टेम्बरमा सकिन्छ । आर्थिक वर्षको सुरुमै यी विधेयकहरू सांसदले पास नगरे सरकारी निकायसँग काम गर्ने पैसा हुँदैन र बन्द गर्नुपर्ने हुन्छ ।

सांसद र दक्षिणपन्थी रिपब्लिकन नेताहरूबीचको विवादका कारण अमेरिकी शटडाउनको खतरा बढ्दै गएपछि कोष प्रस्तावमा छलफल हुन नसक्दा अमेरिका लगभग शटडाउनको अवसथामा पुगेको थियो । यद्यपि अहिलेलाई ४५ दिनसम्मका लागि विद्येयक पास भएसँगै संकट टरेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL