Logo

विश्वका ७० प्रतिशत अर्बपतिहरु ‘सेल्फ मेड’, १० अर्बपतिमध्ये ८ मध्यमवर्गीय परिवारबाट

विश्वका ७० प्रतिशत अर्बपतिहरु ‘सेल्फ मेड’, १० अर्बपतिमध्ये ८ मध्यमवर्गीय परिवारबाट



काठमाडौं । संसारमा दुई किसिमका धनी हुन्छन्, पहिलो–आफ्नै बलमा आफ्नो साम्राज्य निर्माण गर्ने (सेल्फमेड) र दोस्रो–पारिवारिक व्यवसायलाई अगाडि बढाएर प्रगति गर्ने (पारिवारिक व्यवसाय) । हुरुन ग्लोबल रिच लिस्ट–२०२३ अनुसार विश्वका ७० प्रतिशत अर्बपतिहरु सेल्फ मेड (स्वनिर्मित) र ३० प्रतिशत विरासतका माध्यमबाट धनी भएका छन् ।

laxmi

जेफ बेजोस, मार्क जुकरबर्ग र गौतम अदानी सेल्फ मेडमा शीर्ष स्थानमा छन् । बर्नार्ड अर्नाल्ट र मुकेश अम्बानी सबैभन्दा छिटो बढ्दो पारिवारिक व्यवसायबाट धनी बन्नेको शीर्षमा छन् । बर्नार्डसँग मात्र २०० अर्ब डलरको सम्पत्ति छ भने अम्बानीसँग ८२ अर्ब डलरको सम्पत्ति छ ।

१० अर्बपतिमध्ये ८ मध्यमवर्गीय.

अमेरिकाको राम्से सोलुसनले गरेको ‘नेसनल स्टडी अफ मिलियनेयर’मा अर्बपतिका बारेमा धेरै रोचक जानकारी बाहिर आएको छ । ७९ % अर्बपतिले विरासतमा कुनै पनि सम्पत्ति पाएका छैनन् । २१ % ले केहि रकम पाए भने ३ प्रतिशतले मात्रै परिवारबाट १२ करोडभन्दा बढी प्राप्त गरेका छन् ।

अमेरिकामा इन्जिनियर, लेखापाल, शिक्षक, व्यवस्थापक र वकील सबैभन्दा धनी बन्ने माध्यम रहेको देखिन्छ । यस्तै विश्वका ६२ % अर्बपति सरकारी विद्यालयबाट उत्तीर्ण भएका छन् । प्रतिष्ठित निजी विद्यालयबाट ८ प्रतिशतले मात्रै पढाई लेखाइ गरेका छन् ।

५७ प्रतिशत अर्बपतिहरू लिखित किराना सूचीको साथ किनमेल गर्न जान्छन् । २८% धनीहरू सूची बाहिरका चीजहरू किन्दैनन । १६% अर्बपतिहरूले मात्र सूची बनाउँदैनन् ।

अमेरिकामा ७४% युवा जनसंख्याको विश्वास छ कि मानिसहरू केवल परिवारको धनको आधारमा अर्बपति बनेका छन् । १० अर्बपति मध्ये ८ मध्यम वा कम आय परिवारबाट आएका छन् । केवल २% धनीहरू उच्च आय भएका परिवारका छन् ।

सेल्फ मेड अर्बपति महिलामध्ये ८१% चीनका

विश्वका २४७ सेल्फ मेड अर्बपति महिलामध्ये ८१% चीनका छन्न् । अमेरिकाकी ७६ वर्षीय हेन्ड्रिक्सको करिब १.३९ लाख करोड भारतीय रुपैयाँ छ । उनी विश्वकै सबैभन्दा धनी सेल्फ मेड महिला हुन् ।

भारतमा कुल अर्बपतिहरूमध्ये ५७% सेल्फ मेड

भारतका शीर्ष ५० धनीहरुको विश्लेषणमा ५० मध्ये १७ अर्थात् करिब ३६ प्रतिशत स्वनिर्मित र ३३ अर्थात ६४ प्रतिशतको पारिवारिक व्यवसाय रहेको खुलासा भएको छ । अध्ययनमा सेल्फमेड धनीको औसत उमेर ७० वर्ष र पारिवारिक व्यवसाय गर्नेको ६९ वर्ष अर्थात रहेको थियो ।

हुरुन ग्लोबल रिच लिस्ट–२३ अनुसार भारतका ५७% अर्बपति स्वयं–निर्मित छन् । तीमध्ये ३ जना महिला छन्–जोहोका सह–संस्थापक राधा वेम्बु, बायोकनकी संस्थापक किरण मजुमदार शा र न्याकाका संस्थापक फाल्गुनी नायर । ३२ हजार करोडको सम्पत्तिसहित राधा शीर्ष स्थानमा छिन् ।

फोब्र्स रिच लिस्टमा भारतका १०३ सेल्फ मेड अर्बपति पुरुष छन् । अदानीबाहेक यसमा शिव नाडर, साइरस पूनावाला पनि पर्छन । अदानी, नाडर र पूनावालाको संयुक्त सम्पत्ति ८ लाख करोड छ, जुन किरण मजुमदार, फाल्गुनी र राधाको संयुक्त सम्पत्तिभन्दा १४ गुणा बढी हो । अडानी करिब ४ लाख करोड रुपैयाँ देशकै सबैभन्दा धनी स्वयम बनेका हुन् । भारतको शीर्ष ५० धनीमा कोही पनि सेल्फ मेड महिला छैनन् । ३३ पारिवारिक व्यवसायी अर्बपतिमध्ये सावित्री जिन्दल र लीना तिवारीसहित दुई महिला मात्र छन् ।

भारतका शीर्ष १० धनीमध्ये सात स्वयम्(अदानी, पूनावाला, शिव नाडर, राधाकृष्ण दमानी, दिलीप संघवी, लक्ष्मी मित्तल, उदय कोटक) र ३ जना पारिवारिक व्यवसाय (मुकेश अम्बानी, सावित्री जिन्दल र कुमार बिरला) छन् । सावित्री जिन्दल र लक्ष्मी मित्तलको स्टिल व्यवसाय शीर्ष १० धनीमा छ, बाँकी सबै विभिन्न क्षेत्रबाट आएका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL