Logo

दशकयताकै चरम ऊर्जा संकटमा बंगलादेश, अर्थतन्त्रमै गम्भीर चुनौती

दशकयताकै चरम ऊर्जा संकटमा बंगलादेश, अर्थतन्त्रमै गम्भीर चुनौती



काठमाडौं । दक्षिण एसियाली मुलुक बंगलादेश अहिले सबैभन्दा चर्को विद्युत् संकटबाट गुज्रिरहेको छ । बंगलादेशको विदेशी मुद्रा सञ्चिति घट्दै गएको र मुद्राको मूल्य पनि घट्दै गएकाले देशलाई तेल आयातको भुक्तानी गर्न समस्या भइरहेको छ । समाचार एजेन्सी रोयटर्सले गरेको विश्लेषणका अनुसार बंगलादेशले इन्धन आयातको भुक्तानी गर्न कठिनाइ र विदेशी मुद्रा सञ्चिति घट्ने जस्ता गम्भीर समस्याका कारण सन् २०१३ यताकै सबैभन्दा खराब ऊर्जा संकटको सामना गरिरहेको छ ।

laxmi

साउन–अक्टोबरमा तातो रहने र देशमा विद्युत् खपत अझै बढ्ने अनुमान गरिएको छ । १७ करोड जनसंख्या भएको देशमा आगामी दिनमा विद्युत् कटौती जारी रहने देशका ऊर्जामन्त्रीले हालै चेतावनी दिएका छन् । बंगलादेश इन्धन आयातमा निर्भर छ र इन्धन अभावका कारण लोडसेडिङले देशको कपडा उद्योगलाई नराम्रो असर पारेको छ ।

विद्युत कटौती

रोयटर्सको पछिल्लो विश्लेषणअनुसार वालमार्ट र एच एन्ड एम र जारा जस्ता ग्लोबल ब्रान्डहरू २०२३ को पहिलो पाँच महिनामा विद्युत कटौतीका कारण आफ्नो उद्योगमा ११४ दिनका लागि उत्पादन रोक्न बाध्य भएका थिए । सन २०२२ मा कुल ११३ दिन कपडा उद्योग ठप्प थिए । साँझ र बिहान सबेरै विद्युत् कटौती हुने गरेको छ । बंगलादेशको पावर ग्रिड कम्पनीको तथ्यांकले सार्वजनिक र साना व्यवसायीले १० देखि १२ घण्टासम्म अघोषित विद्युत कटौती गरेको गुनासो गरेको देखाउँछ ।

जुन ५ मा मागको तुलनामा आपूर्ति २५ प्रतिशतले कम रहेको तथ्यांकले देखाएको छ । तथ्यांकको विश्लेषणले जुनको पहिलो साता समग्र आपूर्ति घाटा औसत १५ प्रतिशतले बढेको देखाएको छ । यो मे महिनाको घाटाको औसत तीन गुणा हो । विद्युत् कटौतीका कारण सर्वसाधारण तथा व्यवसायी मर्कामा परेका छन् ।

डलरको सञ्चिति घट्दै

मे १७ मा बंगलादेशको कुल डलर रिजर्भ सात वर्षकै न्यून ३०.१८ अर्बमा पुगेको थियो । जुन सन् २०१६ को डिसेम्बरयताकै न्यून हो । डलरको सञ्चिति घटेपछि बंगलादेशले इन्धन आयातको रकम तिर्न समस्या भोगिरहेको छ । यसअघि पेट्रोलियम कर्पोरेशनले मे २५ गते ऊर्जा मन्त्रालयलाई लेखेको पत्रमा ‘स्थानीय बजार र केन्द्रीय बैंकमा डलरको अभाव हुँदा वाणिज्य बैंकहरूलाई आयातको रकम तिर्न समस्या भइरहेको छ ।’

अप्रिलमा चेतावनी पत्र लेखिएको थियो, जसमा भनिएको थियो, ‘ईन्धनको मौज्दात डरलाग्दो रूपमा घटेका कारण अप्रिलमा तोकिएअनुसार इन्धन आयात गर्न नसके देशव्यापी इन्धन अभाव र वितरणमा अवरोध उत्पन्न हुनसक्छ ।’ तेलको अभावका कारण विद्युत् कटौती हुनुका साथै उद्योगधन्दा पनि प्रभावित भएका छन् । बंगलादेशको अर्थतन्त्रको मेरुदण्ड कपडा र जुट उत्पादनलाई मानिन्छ, जुन पूर्ण रूपमा निर्यात उद्योग हो । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL