Logo

कसैले फाईदा उठाउन नपाएपछि बजेट निर्माणमा औँला उठाईयो : अर्थमन्त्री

कसैले फाईदा उठाउन नपाएपछि बजेट निर्माणमा औँला उठाईयो : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले कुनै गिरोहले बजेट निर्माणका बेला आफ्नो स्वार्थ पुरा गर्न नपाएपछि आफुविरुद्ध गलत प्रचार गरेको बताएका छन् । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

laxmi

उनले चुनौति नै दिएर बजेट निर्माणमा कसैलाई फाईदा पुर्याउने गरी र कसैलाई वेफाईदा पुर्याउने गरी तेस्रो व्यक्ति मन्त्तालयमा नघुसेको बताए ।

‘मैले बजेट वरी परी धेरैलाई अब यहाँ नआउनु नै भन्नुपरेको थियो,’ उनले भने, ‘यसैका कारण कसैले फाईदा उठाउन खोजेका थिए र उठाउन नपाएर रिसाएका होलान्, हामीले त अर्थतन्त्रलाई केन्द्रमा राखेर कसैलाई फाईदा र बेफाईदा नपुर्याई बजेट निर्माण गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL