Logo

अर्नाल्टलाई पछाडि पार्दै एलन मस्क फेरि भए विश्वकै सबैभन्दा धनी, कति पुग्यो नेटवर्थ ?

अर्नाल्टलाई पछाडि पार्दै एलन मस्क फेरि भए विश्वकै सबैभन्दा धनी, कति पुग्यो नेटवर्थ ?



काठमाडौं । एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढ्दा उही समयमा बर्नार्ड अर्नाल्टको पेरिस ट्रेडिङको शेयर २.७ प्रतिशतले घटेसँगै मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सुचीमा फर्काएको हो ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अर्नाल्टको कुल सम्पत्तिबाट एकै दिनमा ११ अर्ब डलरको नोक्सान भएको थियो। अहिले बुधबारसम्म उनको कुल सम्पत्तिमा ५ अर्ब २५ करोड डलरको नोक्सानी भएको छ । अहिले बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर छ । यो वर्ष मात्रै उनको सम्पत्ति २४.५ अर्ब डलरले बढ्न पुगेको छ ।

पुनः विश्वकै धनी व्यक्ति बनेका एलोन मस्कको सम्पत्ति भने १९२ अर्ब डलर पुगेको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बुधवार एलोन मस्कको कुल सम्पत्ति १।९८ बिलियन डलरले बढेको हो । साथै, यो वर्ष उनको कुल सम्पत्तिमा पनि ५५.३ अर्ब डलरले वृद्धि भएको छ ।

यस वर्ष शीर्ष स्थानको लागि दुवै बीचमा प्रतिस्पर्धा चल्दै आएको छ । जसअनुसार कहिले एलोन मस्क र कहिले बर्नार्ड अर्नाल्ट शीर्ष स्थानमा रहँदै आएका छन् । तर, यो वर्ष लामो समयसम्म बर्नार्ड अर्नाल्ट नै विश्व कै धनी व्यक्ति बन्दा मस्क भने दोस्रो स्थानमा झरिरहेका थिए ।

अर्नाल्ट ७४ वर्ष पुरानो फ्रान्सेली बिलासिताका समानका व्यापारी हुन, जो सन् २०२२ को डिसेम्बरमा मस्कलाई पछि पार्दै पहिलो पटक विश्वकै धनी व्यक्ति बनेका थिए । अर्नाल्टले एलभीएएच नामक कम्पनि छ, जसका विश्व प्रसिद्ध लुइस भिटन, फेन्डी र हेनेसी लगायतका महँगो फेसनका ब्रान्डहरू उत्पादन हुन्छन् ।

ब्लूमबर्ग समाचार एजेन्सीका अनुसार चीनको महत्त्वपूर्ण बजारमा सुस्त आर्थिक वृद्धिका बीच विलासिता समानको खपत घटन पुगेको छ। जसका कारण उनको अप्रिलदेखि करिब १० प्रतिशतले सेयर घटन पुगेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL